मेचीनगर, २ माघ । एन–प्याब्सन झापाको आयोजना तथा इस्ट होराइजन माविको संयोजनमा एकदिने मन्टेश्वरी तालिम मंगलबार धुलाबारीमा सम्पन्न भएको छ ।
साना कक्षाका नानीहरुलाई कसरी असल शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिम धुलाबारीको इस्ट होराइजन माविमा सम्पन्न भएको हो ।
तालिममा झापाका २५ भन्दा बढी विद्यालयका ८० जना शिक्षकको सहभागिता रहेको थियो । इस्ट होराइजन माविका शिक्षक विकास ग्वालले तालिम दिएका थिए ।
एन–प्याब्सन झापाका अध्यक्ष प्रेम शेर्माको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत इस्ट होराइजन माविका प्रिन्सिपल सन्जिव राईले गरेका थिए ।
कार्यक्रमको सञ्चालन स्मारिका सामुदायिक अंग्रेजी स्कूल पाडाजुङ्गीका प्रिन्सिपल गुणराज गिरीले गरेका थिए ।
Discussion about this post