मेचीनगर, २ माघ । आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद अध्यक्षमा रामबहादुर तामाङ (वाईबा) सर्वसम्मत चयन भएका छन् ।
उनी यसअघि समितिको उपाध्यक्ष थिए । उनी नेपाल तामाङ घेदुङ मेचीनगरका अध्यक्ष समेत हुन् ।
आदिवासी जनजाति महासंघ मेचीनगरको गत पुस २८ गते काँकरभिट्टामा ५ औं नगर अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्वका लागि समितिपछि चयन गरेको हो ।
महासंघको नगर महिला उपाध्यक्षमा कमला गुरुङ, उपाध्यक्षमा सञ्जय मेचे र पदम सुनुवार चयन भएका छन् ।
यस्तै, सचिवमा कृष्णबहादुर राई, सहसचिवद्वयमा राजकुमार थेवे र लक्ष्मीकान्ता खवास तथा कोषाध्यक्षमा ललितबहादुर प्रधान चयन भएका छन् ।
मेचीनगर परिषद समिति १९ सदस्य रहेको नेपाल तामाङ घेदुङ समन्वय समिति झापाका अध्यक्ष जगतबहादुर तामाङले जानकारी दिए ।
Discussion about this post