१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्व विद्यार्थी समाज

अक्षयकोषका लागि अध्यक्षको अनुरोध

माघ २, २०८०, १:२२ .मङ्लबार
0
0
0
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter

 

काँकरभिट्टा माध्यमिक विद्यालयबाट शिक्षा लिएका सम्पूर्ण साथिहरु ।

हामीले पढेको विद्यालयमा हाम्रो पनि जिम्मेवारी हुन्छ भन्ने कर्तव्यबोध भएर यो प्रयास गरिएको छ । श्री काकरभिट्टा माध्यमिक विद्यालयले २०७४ सालमा नै स्थापनाको ५० औँ बसन्त पार गरिसकेको छ ।

यस विद्यालयमा अध्ययन गरेका पूर्व विधार्थीहरुको पहलमा विद्यालयका पूर्व विद्यार्थी, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरु, विद्यालयका शुभ चिन्तकहरुले विद्यालयको शैक्षिक उन्नयन, शिक्षामा पहुँचको विस्तार तथा गुणस्तरीय शिक्षाका लागि पुरानो पुस्ताले नयाँ पुस्ताको शैक्षिक विकासमा सहायता पुर्याई आफूलाई दिव्यज्ञान प्रदान गरेको विद्यालय प्रतिको दायित्वलाई आफ्नो कर्तव्यको रूपमा लिएको छ ।

काकरभिट्टा माविलाई आफ्नो जीवनको आधार मान्ने तथा शुभचिन्तकका तर्फबाट विद्यालयमा अध्ययनरत दलित, विपन्न, सीमान्तकृत, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुको शिक्षण सिकाइ क्रियाकलापलाई उत्प्रेरणा प्रदान गर्ने मूल उद्देश्यका साथ पुरानो पुस्ताको नयाँ पुस्तालाई सहयोग स्वरुप श्री काँकरभिट्टा मावि पूर्व विद्यार्थी समाज ः अक्षयकोष २०८० स्थापना गरिएको छ ।

‘आफूले कखरा सिकेको विद्यालयको शैक्षिक उन्नयनमा केही सहयोग गरौँ’ भन्ने मूल नारासहित काँकरभिट्टा मावि पूर्व विद्यार्थी समाजको मिति २०८० साल कात्तिक ५ गतेको भेलाले नयाँ कार्यसमिति चयन गरेको थियो ।

पूर्व विद्यार्थी सन्त भण्डारीले अध्यक्षलाई अक्षयकोषका लागि ५ हजार प्रदान गरेका थिए ।

सामूहिक अक्षयकोषको परिचालन विधि ?

पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा काँकरभिट्टा माविलाई माया गर्ने महानुभावबाट प्राप्त भएको रकमलाई दाताकै सल्लाह र परामर्शमा प्रयोग गरिने छ । यसका लागि विद्यालयकै नाममा मुद्दती खाता खोलेर सञ्चालन गरिने अभियानको लक्ष्य रहेको छ । केही महानुभावहरूबाट भने कुनै सामाजिक संस्थामार्फत दाताकै निगरानीमा वार्षिकरूपमा रकम वितरण गर्ने विधि तयार गर्नुपर्छ भन्ने सुझाव प्राप्त भएका छन् ।

नयाँ संस्था दर्ता गरेर जाँदा पनि वार्षिक रूपमा संस्थाको बैठक, नवीकरण लगायतका झन्झटमा फसिने हुँदा विद्यालयलाई नै बढी जवाफदेही बनाउने गरी ‘वृहत् अक्षय कोष वितरण कार्यविधि’ (विनियम) तयार पारेर वितरणको व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।

व्यक्ति वा सामाजिक संस्थामार्फत वितरण गर्नु नराम्रो नभए पनि यो विधि केही झन्झटिलो हुने हुँदा विद्यालयलाई जवाफदेही बनाएर वितरणको व्यवस्था मिलाइने छ ।

कोषबाट प्राप्त ब्याज वापतको रकम कसरी खर्च गर्ने ?

अक्षयकोषको ब्याज वापत प्राप्त हुने रकमको न्यूनतम ७५ प्रतिशत रकम छात्रवृत्ति वितरणमा र २५ प्रतिशत रकम विद्यार्थी कल्याणका लागि शैक्षिक सामग्री, सूचना प्रविधिका सामग्री र प्रशासनिक खर्चको रुपमा उपयोग गर्न सकिने छ ।

छात्रवृत्ति र शैक्षिक सामग्री वितरणलाई पनि भरपर्दो र पारदर्शी बनाउन त्यसको छुट्टै कार्यविधि तयार पारेर वितरणको व्यवस्था मिलाइने छ । सहभागिता उत्साहजनक रहेको, सोचेभन्दा पनि राम्रो प्रतिबद्धता आएकाले त्यसलाई सही तरिकाले व्यवस्थापन गर्ने काममा स्थानीय समुदायको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने छ ।

राम्रो कामको सुरुवात भएकोले यसलाई सफल पार्न आफूहरू पनि लागिरहेको पूर्व प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरुले समेत सहयोग गर्ने बताउनु भएको छ । यो अभियान विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कोषेढुंगा साबित हुने कुरामा आशा व्यक्त गरिन्छ । अभियान सुरु गरेको ३ महिना पुग्न लाग्दा यस अवधिमा अभियानमा प्रतिबद्धता जनाउनेहरूको संख्या उल्लेख्य मात्रामा रहेको छ ।

अन्त्यमा, कोषलाई निरन्तर वृद्धि गर्दै १५ लाख रुपैयाँ सम्म पुर्याउने दीर्घकालीन लक्ष्यमा पुग्न तपाईको, त्यस संस्थाको अग्रसरतामा अक्षयकोष स्थापनार्थ आवश्यक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौँ । सहयोग तथा समन्वयका लागि धन्यवाद ।

लेखक : अरुणकुमार प्रधान, मो : ९८४२७०२२९५
अध्यक्ष, 
पूर्व विद्यार्थी समाज श्री काँकरभिट्टा मावि मेचीनगर–६, झापा

पछिल्लो समाचार

एमालेका मनोनित ६ केन्द्रीय सदस्यले लिए शपथ

अघिल्लो समाचार

आदिवासी जनजाति महासंघ मेचीनगर अध्यक्षमा वाईबा

Related Posts

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार
बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण
banner -2

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

मंसिर १८, २०८२, ७:३८ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी
box -3

अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी

मंसिर १७, २०८२, १०:२६ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.