झापा, २ माघ । नेकपा एमालेका ६ जना मनोनित केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
आज एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ लिनेमा झापाका दीपक कार्की, नुवाकोटका केशवराज पाण्डे, सिरहाका रामअवतार यादव, संखुवासभाका तुलसीप्रसाद न्यौपाने, बैतडीका दामोदर भण्डारी र दैलेखका विनोद शाह छन् ।
उनीहरुलाई यहि पुस १० गतेको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
६ जना मनोनित मध्ये ५ जना पूर्वप्रदेश अध्यक्ष र कार्की झापा जिल्ला अध्यक्ष हुन् ।




Discussion about this post