झापा, २८ माघ । नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरी र उनकी केशावतीलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
झापाको बालुवाटार काण्ड भनेर चिनिने दमक नगरपालिका–१३ को सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेको पुरीमाथि आरोप थियो । विशेष अदालतले पनि उनको आयभन्दा व्यय ४ करोड रुपैयाँ बढी देखिएको ठहर गरेको छ ।
पुरीसहित ६ जनाविरुद्ध २०७७ माघ २१ ग्ते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।
६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २ जनामात्र दोषी ठहर भएका हुन् । उनीहरुविरुद्ध सजाय निर्धारणका लागि फागुन ६ गते पेशी तोकिएको छ ।
Discussion about this post