अर्जुनधारा, २८ माघ । शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
आधारभूत तह कक्षा ६ र ८ का सामुदायिक एवम् संस्थागत १९ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
महारानी गञ्ज माविमा सञ्चालित प्रतियोगिताको पहिलो राउण्डमा छानिएका तीन वटा सामुदायिक विद्यालयहरु शनिश्चरे मावि, लक्ष्मी मावि, गणेश आधारभूत विद्यालय र संस्थागत विद्यालयतर्फ न्यु होप बोडिङ्ग स्कुल रहेका थिए ।
दोस्रो राउण्डमा श्रब्य, श्रब्य दृश्य, द्रुत राउण्ड र सामान्य १०÷१० प्रश्नहरु प्रतियोगितामा सोधिएको थियो । जसमा लक्ष्मी मावि अर्जुनधारा–६ प्रथम, सामुदायिक तर्फबाट गणेश आधारभूत विद्यालय दोस्रो र संस्थागत तर्फबाट न्यू होप अंग्रेजÞी बोडिङ्ग स्कुल तेस्रो भयो भने सामुदायिक तर्फबाट शनिश्चरे मावि सान्त्वना भएको थियोे ।
जसमा विद्यार्थीहरु वृदिस फुयाल, विभुति ढुंगेल र करण निरौला रहेका थिए । विजेता प्रथम, दोस्रो, तेस्रो र सान्त्वना विद्यालयहरुलाई प्रमाण पत्रसहित १२ हजार, ९ हजार, ६ हजार र सान्त्वना स्वरुप ३ हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्र इङ्गनाम, महारानीगञ्ज माविको विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष बोलप्रसाद कोइराला, प्रधानाध्यापक निर्मला पोखरेल, टंक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन शनिश्चरे माविका पूर्व प्रधानाध्यापक चेतमणी खनालले गरेका थिए ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मनबहादुर लिम्बुले र सहजीकरण शिक्षा शाखाकी प्राविधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।
Discussion about this post