झापा, ४ फागुन । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य वृद्वि गरेको छ ।
निगम सञ्चालक समितिको बिहीवार बेलुका बसेको बैठकले सो वस्तुको मूल्य बढाउने निर्णय गरेको हो ।
डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्वि गरेको छ ।
भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको छ ।
निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । बढेको मूल्य शुक्रबार विहानको राति १ बजेदेखि नै लागू गरेको छ ।
Discussion about this post