२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापालाई फुटबलको हब बनाउन राजनीतिक दलहरु जुटे

फाल्गुन ८, २०८०, १:४० .मङ्लबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ८ फागुन । यहाँका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकताबद्ध भएको बताएका छन् ।

झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा मंगलबार आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन र श्रीबृद्धिका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए ।

छलफलमा नेकपा एकाले झापाका कार्यवहाक अध्यक्ष प्रेम गिरीले डोमालाल राजवंशी रंगशालाको दिगो व्यवस्थापनका लागि सर्वपक्षीय ढंगलेअघि बढ्ने बताए ।

नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाईंले प्रतियोगिताको दिगोपना, सबैको सहभागिता र अपनत्वमा जोड दिए ।

नेकपा माओवादी केन्द्रका संयोजक राजु आचार्य (अग्नी) ले गोल्ड कप राम्रो र हाम्रो बनाउँदै आगामी संस्करणहरु थप रचनात्म हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति उमेश खरेलले झापा गोल्ड कप समग्र जिल्लाबासीकै गौरवको विषय भएको धारणा राखे ।

जनता समाजवादी पार्टीका अध्यक्ष दिपेन बाला राईले खेलकुद क्षेत्रका सबै पूर्वाधारहरुलाई व्यवस्थित बनाउनु पर्ने बताए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष वेदराज रेग्मीले टिकट खरिद गरेर खेल हेर्ने परिपाटी सबैमा विकास हुनुपर्ने बताए ।

गोल्ड कपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका बिर्तामोड नगर प्रमुखहरुले प्रतियोगितालाई थप व्यवस्थित बनाउन सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे ।

छलफलमा एमाले झापा सचिव शिव ढुंगेल, माओवादी केन्द्रका सचिव मोहन टुडू, कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला, माओवादी केन्द्रका अध्यक्ष मोहन सुब्बा, रास्वपाका प्रतिनिधि अर्जुन उप्रेती, राप्रपाका प्रतिनिधि कुमार थापा, एकीकृत समाजवादीका अध्यक्ष श्री सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले धारणा राखेका थिए ।

अन्तरक्रियामा गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वगत गर्दै हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । अन्तरक्रियाको सहजीकरण गोल्ड कपका उपाध्यक्ष तथा एमाले नगर अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।

 

पछिल्लो समाचार

दक्षिण एशियाकै राम्राे ´लाेकतन्त्र` नेपाल : प्रा.डा. बराल

अघिल्लो समाचार

मैनालीको ४५.२ प्रतिशत र न्यौपाने पक्षको ३८.८ प्रतिशत

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.