७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोशी : पदम लिम्बुको परिवारलाई ५ लाख दिने निर्णय

फाल्गुन २३, २०८०, ३:०७ .बुधबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ फागुन । कोशी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

गत चैत ५ गते पशिचान पक्षधरहरुको समूहले गरेको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो ।

मृत्यु लगत्तै तत्कालिन प्रदेश सरकारले चैत १२ गते उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरे पनि परिवारले पाएका थिएनन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए ।

अघिल्लो सरकारले राहत दिने निर्णय गरेपनि निकासा गरेको नदेखिएकाले आन्दोलनरत पक्षसँगको सहमतिपछि परिवारलाई सरकारले राहत दिने निर्णय गरेको मन्त्री राईले बताए । बैठकले पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको खर्च व्योहोर्ने प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।

२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा उत्रिएका थिए । २०७९ फागुन १७ गतेदेखि चर्किएको आन्दोलन गत माघ २६ गते सरकारसँगको पाँच बुँदे सहमतिपछि साम्य भयो । सहमतिपछि सरकारले मृतक परिवारलाई राहत दिने निर्णय गरेको हो ।

माघ २६ गते पहिचान पक्षधरले सरकारसँग वार्ता गर्दा प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवम् आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवम् छलफल अगाडि बढाउने सहमति भएको थियो ।

त्यस्तै आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने, पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने र पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ता लिने पनि सहमति भएको थियो ।

फागुन ९ गते फेरि बसेको बैठकले पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गर्ने, पहिचान पक्षधर नेताहरुमाथि लागेका मुद्दा फिर्ता लिने, अदालतमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेस गर्न सरकार पक्षबाट २ जना र आन्दोलनरत पक्षबाट २ जना रहने गरी कार्यदल गठन गरेको थियो ।

यसैगरी, बुधबारको मन्त्रिपरिषद बैठकले उर्लाबारीमा भएको आगलागीमा घाइते भएका व्यक्तिको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको छ ।

पछिल्लो समाचार

मन्त्रिपरिषद् विस्तार, मन्त्रीहरुले लिए शपथ

अघिल्लो समाचार

बिर्तामोड एजुकेशनको धुलाबारीमा शाखा विस्तार

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.