मेचीनगर, २४ फागुन । बिर्तामोड एजुकेशन फाउन्डेसनको सातौँ वार्षिकोत्सब तथा धुलाबारीमा चौँथो शाखा विस्तार गरिएको छ ।
आज मेचीनगर–१० स्थित धुलाबारी पूर्व बस स्टेण्ड छेउ उत्तर पट्टि पूजा कम्लेसको दोस्रो तलामा फाउन्डेसनको शाखा विस्तारसँगै वार्षिकोत्सब मनाएको हो । शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल, झापा अध्यक्ष रोसन सुवेदी, निवर्तमान अध्यक्ष मिलन ओली, इष्ट होराइजन स्कुलका प्रिन्सिपल सञ्जिव राई, लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा फाउन्डेसनले भारतीय इन्डियन आइडलकी उत्कृष्ट दशमा पर्न सफल गायिका मेनुका पौडेललाई नगद ३० हजारसहित सम्मान गरेको छ । सम्मानित गायिका पौडेलले नेपाली र भारतीय गीतहरू प्रस्तुत गरेकी थिइन् ।
बिर्तामोड नगरपालिका–४ स्थित झापा मार्केटमा सन २०१७ मा स्थापित फाउन्डेसनको केन्द्रीय कार्यालयसहित जिल्लामा चार वटा शाखा रहेका छन् । फाउन्डेसनको इलामको फिक्कल, झापाको सुरूङ्गा, चारआली र धुलाबारीमा शाखा छ ।
विद्यार्थीहरूलाई धुलाबारी र चारआली शाखामा किरण गौतम, फिक्कल शाखामा रूद्र कार्की, सुरूगा शाखामा श्रीकृष्ण उप्रेतीले जापानीज र कोरियन भाषाका विषयमा विकेस नेपाल, अमृत लिम्बुले पढाइ रहेका छन् ।
फाउन्डेसनका अध्यक्ष एवम् सीईओ राजकुमार कार्कीले जापान, अस्ट्रेलिया, कोरिषा, क्यानेडा, डेनमार्क, युके लगायतका मुलुकमा विद्यार्थीहरू पठाइरहेको जानकारी दिए ।
स्थापनादेखि हालसम्म १ हजार विद्यार्थी उक्त मुलुकहरूमा उच्च अध्यायनका लागि पठाइएको उनले बताए ।
फाउन्डेसन आइएसओ सार्टिफिकेट प्राप्त र जेलसनको सदस्य रहेको बताईएको छ ।
बिर्तामोड एजुकेशन फाउन्डेसनका सिइओ राजकुमार कार्कीको अध्यक्षता, स्वागत धुलाबारी शाखा प्रमुख भुवन न्यौपानेले र सञ्चालन फाउन्डेसनका कर्मचारी केशव अधिकारीले गरेका थिए ।
Discussion about this post