३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

इष्ट होराइजनमा भोलि र पर्सी ‘बसन्त उत्सव’

फाल्गुन २४, २०८०, १०:१० .बिहिबार
0
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

 

मेचीनगर, २४ फागुन । धुलाबारीको इष्ट होराइजन माविमा आउँदो फागुन २६ र २७ गते ‘बसन्त उत्सव’ हुने भएको छ ।

आज विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यही आउँदो फागुन २६ र २७ गते ‘बसन्त उत्सव’ मनाउने जानकारी गराएको हो ।

विद्यालयका चित्रकला विभागका शिक्षक छितेन शेर्पाले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तरगतका २२ वटा विभिन्न विद्याहरुबाट सिकेका कला प्रदर्शन गर्ने भएको बताए ।

उनले विद्यार्थीहरुलाई सरल र सहज तरिकाले उद्यमशिल, व्यवहारिक, र शीपमुलक बनाउने तथा नयाँ पुस्ताहरुले विर्सन लागेका पुरानो हाट बजार, परम्परागत संस्कृतिसँग जोडेदै पूर्नस्थापना गर्ने उदेश्यले ‘बसन्त उत्सव’ आयोजना गर्न लागिएको बताए ।

‘हाम्रो सांस्कृतिक सिदान्तहरुको पुनरावलोकन’ भन्ने नाराका साथ हुन गइरहेको ‘बसन्त उत्सव’ मा विद्यार्थीहरुले सिलाइ बुनाइ, लाइभ पेन्टिङ, कुलिनरी, आटर्स, फोटोग्राफी, लाइभ म्युजिक एण्ड डान्स, ड्रामा, गार्डेनिङ, इलेक्ट्रिक क्लब, पम्बीङ, दुना एण्ड टपरा, व्युटिसियन, कराते लगायत २२ वटा विभिन्न विद्याका स्टलहरु प्रदर्शनी राख्ने भएका छन् ।

कक्षा १० की विद्यार्थी स्नेह गिरीले भनिन्–‘स्कुलका विद्यार्थीहरुले सिकेको ज्ञानलाई अभिभावक र समाजसम्म पुर्याउन यो मेला अर्थात बसन्त उत्सव फलदायी हुने कुरामा ढुक्क छौँ ।’ शिक्षक विकास ग्वालका अनुसार नर्सरी देखि कक्षा २ सम्मका बच्चाहरुलाई बुकलेस नियम लागू गरिएको छ ।

‘बच्चालाई पुस्तकको झोला भारि भयो’, ग्वालले भने–‘बच्चाको उमेर, लेवल र क्षमता अनुसार बुकलेसको अवधाराण ल्याइएको छ । बच्चाले आफैले नै पुस्तक बनाए । अध्यत्मिक पनि पढ्छन । बसन्त उत्सवले स्थानीय धर्म, जातजाति, संस्कृति, पर्यटनलाई महत्व दिइएको छ ।’

बच्चाले आफुले नै पुस्तक बनाए । अध्यत्मिक पनि पढ्छन । स्थानीय धर्म, जातजाति, संस्कृति, पर्यटन । नर्सरी देखि कक्षा २ सम्म ।

विद्यालयका प्रिन्सिपल सञ्जिव राईले विद्यार्थीहरूलाई संस्कारसहितको शिक्षा दिने उदेश्य रहेको बताए । उनका अनुसार विद्यार्थीहरुले स्कुलमा सिकेको कुरालाई समाजमा योगदान दिनुपर्ने जोड छ ।

‘अवर परेका नागरिकलाई विद्यार्थी जे सिकेका छन्, त्यो सहयोग गर्न तयार छन्’, राईले भने–‘आर्थिक अवस्था कमजोर भएका नागरिकको घरमा विजुलीको वयरिङ जडान गर्न समस्या भए हाम्रा विद्यार्थीले गएर बनाइदिन्छन् । विद्यालयको करेसा बारीमा उत्पादन गरेका तरकारी बजारमा लगेर बिक्री गरेका छन् ।’

उनले विद्यार्थीहरु प्राविधिक रुपमा सक्षम रहेको बताए । उनको सरकारले निजी विद्यालयहरुलाई प्राविधिक शिक्षा पढाउन दिनु पर्ने माग छ । पत्रकार सम्मेलनको सहजिकरण शिक्षक महेश खड्काले गरेका थिए ।

पछिल्लो समाचार

बिर्तामोड एजुकेशनको धुलाबारीमा शाखा विस्तार

अघिल्लो समाचार

आयोजक झापा–११ सेमिफाइनलमा

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.