५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भोलि एपिएफ र आर्मी

आयोजक झापा–११ सेमिफाइनलमा

फाल्गुन २४, २०८०, ७:१२ .बिहिबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २४ फागुन । आयोजकको टिम झापा–११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो ।

झापाको जितमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एकएक गोल गरे । मकवानपुरको लागि ओस्कारले सान्त्वना एक गोल फर्काएका हुन् ।

झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । खेलमा अग्रता झापाले नै बनायो । खेलको २५औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन् । आशिष चापागाईंले निकालेको थ्रु बलमा आदित्यले चलाखीपूर्ण गोल गरे । मकवानपुरका गोलकिपर गोपी बर्ताैलाले बचाउने प्रयास गरे पनि सफल भएनन् ।

६६औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले आयोजकको लागि दोस्रो गोल गरे । दिपेश आले मगरले मध्यभागबाट मिलाएको एयर बललाई नियन्त्रण लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन् । गोलकिपर गोपी अगाडि बढेर बचाउने प्रयास गरे पनि सफल भएनन्
मकवानपुरका ओस्कारले ६९औँ मिनेटमा एक गोल फर्काए । समिराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन् । उनले अग्रता छोट्याउने प्रयास गरे पनि झापा खेलमा हाबी भएको थियो ।

खेलको ८३औँ मिनेटमा प्रदिप बुढाथोकीले तेस्रो गोल गरे । उनी मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्न सफल भए । ह्यारिसनको स्थानमा मैदान प्रवेश गरेको पहिलो टचमै उनले गोल गरेका हुन् ।

खेलको इन्ज्युरी समयमा झापाले दुई गोल गर्याे । बबिन बोहराले चौथो गोल गरेका हुन् । बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए । अर्काे गोल आशिषको नाममा रह्यो । आशिषले बक्सबाहिर पाएको बललाई अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन् ।

यसअघि दुवै टोलीले गोलका निकै अवसर सिर्जना गरेका थिए । तर, फाइनल थर्डमा दुवै टोली चुके । खेलमा मकवानपुरभन्दा झापा बलियो देखियो ।

खेलको १८औँ मिनेटमा झापा सुन्दर गोल गर्नबाट चुक्यो । अगाडि बढाउँदै दुई रक्षक र गोलकिपर बिट गरेका ह्यारिसन अन्तिममा भने चुके । उनले खाली पोस्टमा प्रहार गरे पनि कप्तान सुरज विष्ट गोललाइनबाट क्लियर गर्न सफल भएका थिए ।

४४औँ मिनेटमा आदित्यको शक्तिशाली प्रहार गोलकिपर गोपीले पञ्च आउट गरे । ४८औँ मिनेटमा ह्यारिसनकै प्रहार गोपीले बचाउ गरे । खेलको ७३औँ मिनेटमा आशिष चापागाईंले बक्सभित्रबाट हानेको प्रहार बारमा लागेर फर्कियो ।

खेलको ६२औँ मिनेटमा मकवानपुरले अवसर बनाएपछि बक्सबाहिरबाट कप्तान सुरजले हानेको फ्रिकिक प्रहार सटिक रहेन ।
यो खेलसँगै सेमिफाइनल समीरकण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।

शुक्रबार पहिलो सेमिफाइनलमा एपिएफ र आर्मी प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा भिड्नेछन् । यसअघि पाँच संस्करण आयोजना हुँदा आर्मीले चारपटक उपाधि जितिसकेको छ । मनाङ मस्र्याङ्दी क्लब एकपटकको विजेता हो । आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता टिम झापाका प्रशिक्षक अंगुुरकुमार खड्गीले घरेलु दर्शको समर्थनले जित निकाल्न सकिएको बताए । फाइनल जित्नेगरी तयारी गरिएको उनको दाबी छ ।

पराजित टिमका प्रशिक्षक अशोक बरालले तयारी पूर्णरुपमा गर्न नसकेको हुनाले जित निकाल्न नसकेको बताए । टिमका महत्वपूर्ण तीन जना खेलाडीको अभावका कारण पनि मैदानमा सेट हुन गाह्रो भएको बताए ।

पछिल्लो समाचार

इष्ट होराइजनमा भोलि र पर्सी ‘बसन्त उत्सव’

अघिल्लो समाचार

अगरवती तालिम लिएर आत्मनिर्भर बन्दै महिला

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.