मेचीनगर, २८ फागुन । मेचीनगर–१५, ज्यामिरगढी स्थित लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा आज विहान आगलागी भएको छ ।
आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेर नष्ट भएको मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईले जानकारी दिए ।
उद्योगमा मुढा पनि जलाउने गरिएको छ । सोमबार विहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको भट्टराईको भनाई छ ।
उद्योगमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेटर) रोहित शर्माले जानकारी दिए ।
उत्तर र पूर्वतिर आगो नियन्त्रण भएको छ भने पश्चिमतिर अझै पनि नियन्त्रण गर्न नसकिएको प्रहरीको भनाई छ । आगो नियन्त्रणमा आउन दिनभरि लाग्ने शर्माको अनुमान छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।
झापाका ७ वटा पालिकाका बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन् भने मोरङ स्थित पथरीको बारुण यन्त्र आउदै गरेको प्रहरुले बताएको छ ।
उक्त उद्योग विष्णु अग्रवाल, सन्तोष आचार्य लगायतको रहेको बुझिएको छ । कति क्षति भयो भन्ने कुरा अहिले नै यकिन नहुने प्रहरीको भनाई छ ।
Discussion about this post