मेचीनगर, २८ फागुन । विदेश पढ्न जाने विद्यार्थीलाई लक्षित गरी धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ ।
धुलाबारीको पूजा कम्प्लेक्समा रहेको शाखा कार्यालयमा विदेश पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिएर सर्वसुलभ तरिकाले अध्ययनमा पठाइने शाखा प्रमुख अर्जुन तिवारीले बताए ।
शाखा कार्यालयको उद्घाटन मंगलवार (भोलि) हुँदैछ । नेक्ससको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । विदेश अध्ययनका लागि नेक्सस कन्सलटेन्सीले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक परामर्श पनि दिँदै आएको छ ।
शाखा कार्यालय उद्घाटनसँगै धुलाबारीमै इच्छुक विद्यार्थीले शैक्षिक परामर्श लिन सक्नेछन् । शाखा कार्यालय उद्घाटनका दिन युके अध्ययन गर्न जानेका लागि एड्मिसन खुल्ला गरिएको छ ।
नेक्ससले भिषा प्रोसेसिङमा ४० प्रतिशत छुट, आयल्स क्लासमा ३० प्रतिशत छुट, लक्की ड्रमा मुभी टिकट र कफी लगायतका अफरहरु दिएको छ ।
नेक्ससको धुलाबारी शाखा कार्यालयको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले गर्दैछन् । त्यसैदिन शैक्षिक परामर्शदाताहरुले विद्यार्थीलाई आफ्नो अनुभव शेयर गर्दैछन् ।
धुलाबारीमा नेक्ससको सेवा सुरु भएसँगै शैक्षिक परामर्श तथा विदेश अध्ययनका लागि अब विद्यार्थीले बिर्तामोड तथा अन्य ठाउँमा धाउनु नपर्ने भएको छ ।
Discussion about this post