२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारी खानेपानीको सभा

सांसद हराएको छैन, सरकार हराएको हो : सांसद शर्मा

फाल्गुन २८, २०८०, ३:३७ .सोमवार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं. १ को सांसद काहिँ हराएको छैन बरु सरकार चाहिँ हराएको बताएका छन् ।

आज धुलाबारी स्थित टाउन हलमा आयोजित धुलाबारी खानेपानी उपभोक्ता समितिको २३ औँ बार्षिक साधारण सभामा उनले यस्तो कुरा बताएका हुन् ।

मेचीनगर–१५ नम्बर वडाको झोलेङ्गे पुल वषौँ वितिसक्दा पनि नबनिएपछि स्थानीय युवाहरुको समूहले सांकेतिक रुपमा सांसद विश्वप्रकाश शर्मा र मेयर गोपाल चन्द्र बुढाथोकी हराएको सूचना फोटोसहितको पम्लेट बनाएर प्रचार गरेका थिए ।

सोही विषयलाई लिएर सांसद शर्माले सांसद हराएको सूचनाको अघिल्लो दिन शहरी विकास मन्त्री सीता गुरुङसँग ज्यामिरगढीमा विभिन्न योजनाका विषयमा स्थलगत अवलोकन गरिरहेको दावी गरे ।

‘पहिला बजेट आउँदा झोलेङ्गे पुलको काम भइरहेको थियो’, शर्माले भने–‘केहि वर्ष बजेट नआएर रोकियो । बजेट ल्याउने काममा मेयर बुढाथोकी र हामी लागिरहेका छौँ । बजेट आएन र पुल निर्माण भएन भन्दैमा सांसद हरायो भन्न मिल्दैन । तर उहाँहरुले खवरदारी र झकझकाउने काम गर्नु भएको छ । त्यसका लागि धन्यवाद दिइसकेको छु ।’

सांसद शर्मा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सहलगानी मार्फत काँकरभिट्टालाई १३ करोड बढी र टिमाई शान्तिनगरका लागि १७ करोड बढी रकम आउने प्रक्रियामा रहेको बताए । धुलाबारी खानेपानीका लागि कोशिस भइरहेको उनको भनाई छ ।

शुद्ध खानेपानी व्यवस्थापनका लागि दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए । त्यसका लागि म वा त्यो नभनी साझा भावनाका साथ अघि बढ्न पनि शर्माले सुझाएका छन् ।

‘सामाजिक संस्थामा राजनीतिक आग्रह–पूर्वाग्रह हुनुहुँदैन’, शर्माले भने, ‘साझा भावनाका साथ अघि बढ्न सकियो भने जस्तोसुकै काम गर्न सकिन्छ ।’ शर्माले धुलाबारी खानेपानी नेतृत्वले उपभोक्ताको आवश्यकक्तालाई मध्यनजर गर्दै काम गरिरहेकोमा प्रशंसा व्यक्त गरे ।

सभामा धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनबहादुर खत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गरे । उक्त प्रतिवेदनमा २०८० माघ सम्ममा कुल धारा संख्या ६ हजार ७ जना पुगेको उल्लेख गरिएको छ ।

उपभोक्ताको आवश्यक्तालाई पूर्ति गर्न खानेपानी विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको पनि प्रतिवेदनमा उल्लेख छ । धुलाबारी खानेपानी आयोजना मेचीनगरका वडा नं ९, १०, ११, १४ र १५ का केही भागहरुमा विस्तार गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि शर्मा, कोशी प्रदेश सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सहलगानी विभागका कोशी प्रमुख सुरतलाल चौधरी, धुलाबारी खानेपानी संस्थाका संस्थापक अध्यक्ष राम कट्टेल, महिला नेत्री दुर्गा खतिवडा, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अध्यक्ष धनबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष हिमालय आङ्देम्बेले र सञ्चालन सचिव उमेश सुवेदीले गरेका थिए ।

पछिल्लो समाचार

चर्च ब्वाइजले पहिलो पटक उचाल्यो झापा गोल्डकपको उपाधि

अघिल्लो समाचार

भगवती लेमिनेट्समा लागेको आगो अझै नियन्त्रण बाहिर

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.