मेचीनगर, ८ चैत । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णय अनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी कृष्णकुमार चन्द आउने भएका छन् । उनी प्रहरी वृत्त चापागाउँ ललितपुरबाट आउने भएका हुन् । डिएसपी खगेन्द्रप्रसाद रिजाल सेवा निवृत्त भएपछि जिल्ला प्रहरी कार्यालयमा डीएसपी थिएन ।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रकाश विष्ट आउने भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट आउने भएका हुन् । हालका डीएसपी सुरज कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमकमा नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम विकास शाखा भरतपुरबाट निशान थापा आउने भएका छन् । हालका डीएसपी मनोजकुमार लामाको अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा सरुवा भएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा नेपाल प्रहरी प्रधान कार्यालयबाट भिमबहादुर लामा आउने भएका छन् । काँकरभिट्टाका डीएसपी दीपक भारतीको साइबर अपराध अनुसन्धान शाखामा सरुवा भएको छ ।
Discussion about this post