चारआली, ११ बैशाख । मेचीनगरकी एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गर्दा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर–१३ स्थित तेलिबारी बस्ने ३९ वर्षीय दिवस राजवंशी रहेका छन् ।
उनले साेमबार साँझ साढे सात बजे मेचीनगर–१३ स्थित श्रीनाथ पेट्रोल पम्प नजिक पूर्वपश्चिम राजमार्गमा सुनको सिक्री थुतेका थिए ।
पैदल हिँडिरहेकी मेचीनगर–१२ स्थित सहरेडाँगी बस्ने २१ वर्षीया रचना आङदेम्बेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा राजवंशीलाई प्रहरीले फुलवासा खोलाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले अपरिचित व्यक्ति साइकलमा आई अचानक घाँटीबाट सुनको सिक्री थुतेर भागेको खबर आएपछि उनलाई पक्राउ गरिएको थियो ।
उनको साथबाट सिक्री र साइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
Discussion about this post