झापा, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पाैडेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।
आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।
त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान गरेको छ ।
आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।
आजै उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी दिउँसो कतार फर्किने बताइएकाे छ ।
Discussion about this post