धुलाबारी, १८ बैशाख । मेचीनगर–९ स्थित टिमाई बाटिकामा भोलिदेखि दुई दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट हुने भएको छ ।
मेचीनगर–९ को ड्राइगन युथ क्लबले बुधवारदेखि टिमाई बाटिका पार्कमा हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
नेपालमा क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै नयाँ खेलाडी उत्पादन, पुराना खेलाडीहरुको क्षमता र दक्षता वृद्वि गर्ने उदेश्यले उक्त टुनामेन्ट गर्न लागिएको ड्राइगन युथ क्लबका अध्यक्ष राजु धिमालले बताए ।
टुनामेन्टमा झापाका १६ वटा टिमको सहभागिता रहने छ । टुनामेन्टमा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र अन्य विद्याका खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिने उनले बताए ।
उक्त टुनामेन्टको मुख्य प्रायोजकमा मेचीनगर–१० को हिमालयन एकाडेमी तथा सहआयोजकहरुमा मेचीनगर–९ को हिमालयन अंग्रेजी मावि, होटल मेची क्राउन, इष्ट होराइजन अंग्रेजी मावि र पारीजात अंग्रेजी मावि रहने आयोजकको भनाई छ ।
कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, मेचीनगर–९ का वडा सदस्य राजन खड्का, हिमालय एकाडेमीका प्रिन्सिपल जगत तामाङ, हिमालयन अंग्रेजी माविका प्रिन्सिपल कमल नेपाल, टिमाई बाटिका पार्कका अध्यक्ष होमनाथ पौडेल लगायतले क्रिकेटका विषयमा चर्चा गरेका थिए ।
Discussion about this post