५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आत्महत्या रोकथामको उपाय खोज्दै मेचीनगर

बैशाख २६, २०८१, १०:०४ .बुधबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २६ बैशाख । पछिल्लो समय मेचीनगरमा किशोर–किशोरीहरबाट आत्महत्या गर्ने क्रम बढेसँग समाज त्रसिद बन्दै गएको छ ।

यसको कारण र न्युनिकरणको उपाय खोज्नका लागि मंगलबार बाहुनडाँगीमा बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार विषयक कार्यक्रम आयोजना गरिएको थियो । नारी सञ्चार गृह झापाको आयोजना र मेचीगर–४ नम्बर वडा कार्यालयको सहयोगमा कार्यक्रम वडाको सभाहलमा सम्पन्न भएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि ४ नम्बर वडाका वडाध्यक्ष अर्जुनकुमार कार्कीले पछिल्लो समय किशोर–किशोरीले आत्महत्या गर्ने क्रम बढेसँगै त्यसको अप्रत्यक्ष असर समाजमा पर्न थालेको बताए । उनले भविष्यको सम्भावना बोकेका बालबालिकालाई समयसँगसँगै चल्नुपर्नेतर्फ सचेत गराउँदै अमूल्य जीवनको सारलाई बुझेरअघि बढ्न आग्रह गरे ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मीमबहादुर लामाले झापामा आत्महत्याको अवस्था र बालबालिकाले आत्महत्या गर्नुको कारण प्रेम, आर्थिक अवस्था र उच्च महत्वाकांक्षा रहेको अनुसन्धानले देखाएको दावी गरे ।

त्यस्तै, मनोपरामर्शदाता एवम् धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले अभिभावक, शिक्षक–शिक्षिका तथा साथिहरुले विद्यार्थीहरुको मनको कुरा कसरी बुझ्न सकिन्छ, कुन कुरामा तनाव हुँदैछ लगायतका यावत विषयमा बुझ्न जरुरी रहेको बताए ।

उनका अनुसार पारिवारिक, शारीरिक वा सामाजिक कुनै कारणले उसले आत्महत्याको सोच बनाएको छ कि भनेर त्यो कुरा परिवारले सोच्नु र अनुसन्धान गर्नुपर्छ । उनले विद्यार्थीले बोल्दै गर्दा, विद्यालयमा बिदा माग्दै गर्दा पनि साथीहरूले उसको मनोविज्ञान बुझ्नुपर्ने कुरामा सचेत गराए ।

विद्यार्थीका तर्फबाट सरस्वती माविका संयोग शर्माले कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर पाएको र यसले आफ्नो जीवनमा ठुलो सिकाएको बताए । विद्यालयका तर्फबाट पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधानले समयसापेक्ष यस्ता कार्यक्रमहरु आयोजना गर्न आवश्यक रहेको र यसले विद्यार्थीमा सकारात्मक सोचाइको विकास हुने बताए ।

कार्यक्रममा पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधान, सरस्वती माविकी शिक्षक प्रतिनिधि अनिता थापा, अंशु एकाडेमीका प्रधानाध्यापक किरण अधिकारी, विद्या विकास विद्यालयका शिक्षक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बाहुनडाँगी आसपासका १५० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता, कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश कार्यक्रम संयोजक विनिशा शर्माले र सञ्चालन जोश्ना श्रेष्ठले गरेकी थिइन् ।

पछिल्लो समाचार

माईजोगमाई अध्यक्षकप : इलाम क्वाटरफाइनलमा

अघिल्लो समाचार

चट्याङ लागेर दुलालको मृत्यु

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.