अर्जुनधारा, २६ बैशाख । चट्याङ लागेर अर्जुनधाराका मोहनप्रसाद दुलालको मृत्यु भएको छ ।
मंगलवार साझ पाउने ५ बजे अर्जुनधारा नगरपालिका–२ स्थित चौरासे बस्ने ५४ वर्षीय दुलालको चट्याङले लागेर मृत्यु भएको हो ।
घर नजिकै मकै बारीमा मल छर्दै गरेको अवस्थामा अचानक परेको चट्याङले लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाइते उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको थियो ।
गम्भीर घाइते दुलालको उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Discussion about this post