२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापाको पत्रकारिता पुस्तकको चर्चा

बैशाख २७, २०८१, ३:५९ .बिहिबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २७ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम विहीबार बिर्तामोडमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला अदालतका मुख्य न्यायाधिश अशोककुमार बस्नेतले उद्घाटन गरेका थिए । कार्यक्रममा भाषाविद् तथा अग्रज पत्रकार चुणामणि रेग्मीलाई सम्मान प्रदान गरिएको थियो । पत्रकार महासंघ झापाले ६५ वर्ष उमेर पूरा भएका अग्रज पत्रकारलाई यसै बर्षदेखि औषधि उपचार खर्च सहित दीर्घसेवी सम्मान प्रदान गर्न थालेको छ ।

१४ औं जिल्ला अधिवेशनमा उनीहरुलाई सम्मान गरिएको थियो । उक्त दिन अनुपस्थित कृष्ण दाहाल र लेखनाथ भट्टराईलाई पनि विहीबार सम्मान गरिएको थियो ।

महासंघ झापाको बिर्तामोड स्थित कार्यालयमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले इतिहासका धरोहरलाई सधै सम्मान गर्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले अघिल्लो पुस्ताको योगदानको जगमा टेकेर नयाँ पुस्तालाई डोहो¥याउने दायित्व पनि रहेको बताए ।

प्रमुख अतिथि बस्नेतले न्यायालय र पत्रकारिता दुवै क्षेत्रमा असल र खराब पात्रहरु रहेको उल्लेख गर्दै पेशाको मर्यादा र गरिमा कायम गर्न सचेत हुनुपर्नेमा जोड दिए । असल र निष्पक्ष पत्रकारिताले राज्यका निकायलाई खबरदारीसँगै मजबुत बनाउने भन्दै उनले झापाली पत्रकारिता र अग्रजहरुको योगदानको चर्चा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, अग्रज पत्रकार तथा साहित्यकार चुणामणि रेग्मी, झापा शाखाका पूर्व सचिव सन्तोष आचार्य लगायतले पुस्तकको चर्चा गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा लोकापर्ण गरेको उक्त पुस्तकमा ३० को दशकको अन्त्यसम्मको झापाको पत्रकारिताको इतिहास, त्यसबेला क्रियाशील रहेका अग्रज पत्रकारहरुको संस्करणात्कम जीवनी समेटिएको छ ।

पुस्तकमा २६ जना पत्रकारहरुको अन्तरवोध खण्ड, १३ जना पत्रकारको संस्मरण आलेख र आठ वटा अभिलेख खण्ड समेटिएका छन् । पुस्तकका सम्पादक गोपाल गिरीले पुस्तकका बारेमा प्रकाश पारेका थिए । सम्पादक गिरी र राजवावु शंकरले उक्त पुस्तक सम्पादन गरेका हुन् । पुस्तक कभर सहित २७६ पृष्ठको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष केशव भट्टराईले र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

 

पछिल्लो समाचार

बैंकमा ढुंगा हान्ने दुर्गा प्रसाईका चार कार्यकर्ता पक्राउ

अघिल्लो समाचार

चुनावी प्रक्रियाबाट छानिए होराइजनका २ क्याप्टेन

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.