मेचीनगर, २८ बैशाख । लोकतान्त्रिक पद्वति अन्तरगत संसदीय चुनावको झल्को दिने गरी धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविमा चुनावी प्रक्रियाबाट विद्यार्थीको क्याप्टेन छानिएको छ ।
आज स्कुलमा भएको क्याप्टेन (हेड गल्र्स र हेड ब्वाई) निर्वाचनमा छात्रतर्फ प्रयास ढकाल र छात्रातर्फ अन्वेशा श्रेष्ठ निर्वाचित भएका हुन् ।
ग्लु चिन्ह लिएका ढकालले २८३ र इरेजर चिन्ह लिएकी श्रेष्ठले २९२ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत एवम् शिक्षक अनुज दाहालले जानकारी दिए ।
छात्र तर्फ भरत भुत्रा बुकको ३५, समित कार्की मार्कर २९, आरोग्य सुवेदी सापनरको १८४ र आवाज गौतम स्केलको ८७ मत मात्र पाएका छन् ।
यता छात्रा तर्फ सुभेक्षा कार्की सिजर ८४, कोमल राई गोल्वको १२९, सनक्षा अधिकारी पेन्सिलको र बानी सापकोटा केलकुलेटर चुनाव चिन्हको ५८ मत मात्र पाएको दाहालले बताए ।
उनका अनुसार कक्षा ६ देखि १० सम्मका ७०७ जना विद्यार्थीमध्ये ६३७ जनाले मतदान गरेका थिए । त्यसमध्ये ७० जना अनुपस्थित थिए । १४ मत बदर भएको छ । ५ जना छात्र र ५ जना छात्रा चुनावी मैदानमा उम्मेद्वार बनेका थिए ।
स्कुलका प्रिन्सिपल सञ्जीव राईले विद्यार्थीको सामाजिक विषयको परियोजना अन्तरगत विद्यार्थीहरुलाई चुनावी प्रक्रियामा सहभागी गराइएको बताए । विद्यार्थीहरुलाई पढाईका साथै व्यवहारिक रुपमा संसदीय चुनावको अभ्यास गराइएको उनको भनाई छ ।
भिडियो हेर्नु होला ।
Discussion about this post