झापा, ३१ बैशाख । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।
६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट उनले ५७ मत पाए । ५ जना भने तटस्थ बसे ।
संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उपसभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।
Discussion about this post