२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यासमा पुनः मतगणना गर्न २ वर्षपछि अदालतको आदेश

जेष्ठ २, २०८१, १०:५८ .बुधबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter
मेयर न्यौपाने र उनका प्रतिस्पर्धी जोशी ।

पोखरा, २ जेठ । स्थानीय तहको निर्वाचन भएको २ वर्षपछि उच्च अदालत पोखराले व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना गर्न आदेश दिएपछि तनहुँमा राजनीतिक तरंग छाएको छ ।

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले धाँधली भएको भन्दै मतपरिणाम रद्द गरेर पुनःमतगणना गर्न माग गर्दै २०७९ जेठ १२ गते उच्च अदालतमा रिट दिएका थिए ।

व्यास नगरपालिकामा २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । मंगलबार न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले मतपरिणाम रद्द गर्दै १ महिनाभित्र मेयर पदको पुनः मतगणना गर्न उच्च अदालतका रजिस्ट्रारलाई आदेश दिएको छ ।

उक्त आदेश अनुसार अब उच्च अदालतका रजिस्ट्रारले मेयर पदको मतपेटिका झिकाएर एक महिनाभित्र उच्च अदलतमा वा पोखराकै अन्य ठाउँ तोकेर मतगणना गर्नुपर्ने सहरजिस्ट्रार रामबहादुर थापाले जानकारी दिए । अब उच्च अदालत पोखराकै रोहबरमा मतगणना हुने छ ।

मतपरिणाम घोषणा गरेपछि मतपत्रहरु जिल्ला निर्वाचन कार्यालय तनहुँमा राखिएको थियो । निर्वाचन कार्यालयकी निमित्त प्रमुख दुर्गामाया आलेले भनिन्, ‘मतगणना गर्दाखेरि मुठा पारेर राखिएको पतपत्र लाहाछाप लगाएर सुरक्षित राखिएको छ ।’

स्थानीय तह निर्वाचनमा एमाले समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत ल्याउँदा जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।

उच्च अदालतले १ महिनाभित्र पुनःमतगणना गर्न भनेपछि जोशीले अब आफू मेयरमा निर्वाचित हुने दाबी गरेका छन् भने कांग्रेसभित्र संशय देखिएको छ । मेयर वैकुण्ठ न्यौपानेले उच्च अदालतको आदेशबारे आफूले सुनेको भन्दै आदेश पाएपछि मात्र प्रतिक्रिया दिने बताए ।

स्थानीय चुनावमा जोशीलाई समर्थन गरेको एमाले अहिले उच्च अदालतको आदेशप्रति भने मौन छ । ‘अदालतको आदेशअनुसार पुनःमतगणना होला तर एमालेका निम्ति यो ठूलो खुसीको विषय होइन,’ एमाले तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने ।
तर, सधैंभरि कांग्रेसले जितेको व्यासको विरासत भत्किइहाल्यो भने त्यसको फाइदा एमालेलाई पुग्ने नेताहरुको विश्लेषण छ ।

२०७९ बैशाखको स्थानीय तहको चुनावमा कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशी समूह र एमालेबीच तालमेल भएको थियो ।

जोशी समूहले व्यासको वडा नं १ र २ को वडाध्यक्ष र मेयर पद लिने र तनहुँको बन्दीपुर, भानु लगायत अन्य स्थानीय तहमा जोशी समूहले एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको थियो ।

मतदानका बेला र व्यास नगरपालिका–८ मा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो । उनी घाइते भएपछि उपचारका लागि भारतको मेदान्त अस्पताल पुगेका थिए । वडा नम्बर ८ मा पुनः मतदान नै भएको थियो र मतगणना हुँदा कांग्रेसले जितेको थियो ।

वडा नम्बर १ देखि ८ सम्म गणना हुँदा दीपकले अग्रता लिएका थिए भने वडा नम्बर ९ देखि १४ सम्मको मतका आधारमा कांग्रेस उम्मेदवार न्यौपाने निर्वाचित भएका थिए । व्यासका वडा नम्बर ४, ५ र ७ मा एमालेले वडाध्यक्ष पद जितेको छ भने बाँकी ११ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

आफूले जित्ने चुनावमा षड्यन्त्र गरेर हराइएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न माग गर्दै जोशी उच्च अदालत पोखरा गएका थिए । मंगलबार उनकै पक्षमा आदेश आएको छ ।

पछिल्लो समाचार

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

अघिल्लो समाचार

सन्दीप लामिछानेले पाए सफाइ

Related Posts

मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने
banner

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

कार्तिक २२, २०८२, ८:५१ .शनिबार
बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु
banner -2

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

कार्तिक २२, २०८२, ७:५३ .शनिबार
एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.