मेचीनगर, ७ जेठ । नेपाली कांग्रेसका युवा नेता नरेन्द्र खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
खड्का कांग्रेसको भ्रातृ संगठन तरुण दल झापाका पूर्व सभापति समेत हुन् । मेची उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष उनी हाल नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य छन् ।
उनीसँगै संखुवासभाका युवा व्यवसायी तेन्जिङ भोटिया, चलचित्र नायिका जेनिसा केसी, कलाकार भावना गुरुङ लगायतले आजै राप्रपाको सदस्यता लिएका छन् ।
अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा तस्वीर पोस्ट्याउँदै उनीहरुलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको लेखेका छन् ।
Discussion about this post