२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सहिद विश्वनाथ र विरेन मार्ग बनाउन निर्माण कम्पनीसँग सम्झौता

जेष्ठ ७, २०८१, २:५१ .सोमवार
0
0
0
SHARES
633
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ जेठ । मेचीनगरको दुई वटा ठुला महत्वपूर्ण गौरवको आयोजना मध्ये सूर्योदय (सहिद विश्वनाथ घिमिरे) मार्ग चौध महिनामा कालोपत्रे सक्ने गरि निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

आज मेचीनगर नगरपालिका र झापाको कनकाई अन्र्तराष्ट्रिय विल्डर्स प्रालि सुरुङ्गासँग सहिद विश्वनाथ मार्ग कालोपत्रे बनाउने गरि सम्झौता भएको हो ।

नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेतीको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र कनकाई अन्र्तराष्ट्रिय विल्डर्स प्रालिका तर्फबाट व्यवस्थापक लीलाराज सिलवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार निर्माण कम्पनीले विश्वनाथ मार्गको कालोपत्रे सडक आगामी १५ जुलाई २०२५ मा नगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने छ । बिश्व बैंकको लगानीमा बन्ने सहिद विश्वनाथ मार्ग कनकाईले ३० करोड ८७ लाख ५७ हजार ९१८ रुपैयाँ २० पैँसामा ठेक्का पारेको छ ।

कनकाईले मेचीनगर–६ को काँकरभिट्टा स्थित बर्मेली टोलदेखि वडा नम्बर ५ र ४ को बाहुनडाँगी सम्मको ८ किलोमिटर ३८० सेन्टिमिटर सडक बनाउनु पर्ने छ ।

बुधवार सहिद विरेन मार्गको सम्झौता

यता मेचीनगरको अर्को ठुलो महत्वपूर्ण गौरवको आयोजना सहिद विरेन राजबंशी (सहिद विरेन मार्ग) मार्ग चौध महिनामा कालोपत्रे सक्नु पर्नेछ ।

सहिद विरेन मार्गको ठेक्का भारतको श्रीराम टावर कनकारवाग कम्पनीले लिएको छ । उक्त कम्पनीले सहिद मार्गको कालोपत्रे सडक आगामी १५ जुलाई २०२५ मा सक्नु पर्ने छ । सहिद विरेन मार्ग कनकारवाग कम्पनी २७ करोड २१ लख ३ हजार ९३१ रुपैयाँ ७० पैँसामा ठेक्का पारेको छ ।

उक्त कम्पनीले मेचीनगर–१० को धुलाबारीदेखि वडा नम्बर ९ को थोप्लेविरान सामुदायिक वन सम्मको ५ किलोमिटर ४७० सेन्टिमिटर सडक निर्माण गर्नु पर्ने छ ।

नगरपालकाले ७ जनवारी २०२४ मा उक्त सडकहरुको टेण्डर आह्वान गरेको थियो । सोही अनुसार अब चाडै निर्माण कम्पनीले सर्वे गरेर काम सुरु गर्नेछ । यसअघि नगरपालिकाले डीपीआर समेत तयार गरिसकेको छ ।

आउँदो बुधवार भारतको कनकारवाग कम्पनीसँग नगरपालिकाले सहिद विरेन मार्ग सडकको कालोपत्रे बनाउने सम्झौता गरिने बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

कार्यक्रममा मेयर बुढाथोकी, उपमेयर उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले २ वटै ठुला सडक २० वर्षसम्म टिक्ने पूर्वपश्चिम राजमार्ग बाहेक नगरको पहिलो गौरवको आयोजना रहेकाले सबै नगरवासीले सहयोग गर्न आगह गरेका छन् ।

सोही अवसरमा नगरका फोकल पर्सन एवम् इन्जिनियर जीवन भट्टराई, सुपरीवेक्षण, तथा गुणस्तर नियन्त्रण इन्जिनियर अजितकुमार चौधरी यता कनकाई विल्डर्स प्रालिका व्यवस्थापक सिलवाल, कन्टेयाकटर इन्जिनियर विदुर मैनाली लगायतले दुई वटै सडकका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण बरिष्ठ प्रशासकीय अधिकृत वस्तीले गरेका थिए ।

पछिल्लो समाचार

वडाका युवाहरुलाई लागूपदार्थ सम्बन्धी प्रशिक्षक प्रशिक्षण

अघिल्लो समाचार

नरेन्द्र खड्का कांग्रेस त्यागेर राप्रपामा गए

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.