कमल, ९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पूर्व पश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही सडक खण्ड (एशियन हाइवे) को शिलान्यास गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा एक कार्यक्रमकाबीच ओलीले एशियन हाइवे सडकको शिलान्यास गरेका हुन् ।
झापाको काँकरभिट्टादेखि लौकहीसम्म जम्मा एक सय २० किलोमिटर लम्बाइ रहेको सडकलाई दुई खण्डमा विभाजन गरिएको छ ।
पहिलो खण्ड काँकरभिट्टादेखि सीतापुरीसम्म ४५ किलोमिटर र दोश्रो खण्ड सीतापुरीबाट लौकहीसम्म ७५ किलो मिटर सडक निर्माणको क्रममा रहेको छ ।
उक्त सडकलाई बजार क्षेत्र, जंगल क्षेत्र र ग्रामीण क्षेत्रमा विभाजन गरिएको छ । बजार क्षेत्रमा ५० ।साइकल लेन, फुटपाथ, ड्रेनसहितको सडक निर्माण हुनेछ ।
यसैगरी पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आजै शिवसताक्षी नगरपालिकाको मदरगाँछ खण्डमा पर्ने कनकाई पुलको समेत शिलान्यास गरेका छन् ।
Discussion about this post