बिर्तामोड, १६ जेठ । नेकपा एमाले बिर्तामोडको अध्यक्षमा फेरि सुवास भट्टराई निर्वाचित भएका छन् ।
उनले अध्यक्षका प्रतिस्पर्धी शेखर कडेललाई ६९ मतान्तरले जितेका हुन् । भट्टराईले २६८ र कडेलले १९९ मत मात्र प्राप्त गरेका छन् ।
उपाध्यक्षमा मदन बुढाथोकीले ३२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी राहुल शर्माले १३४ मत मात्र ल्याए ।
यस्तै सचिव पदमा अम्बिका लिङदेनले २३८ मत सहित निर्वाचत भएका छन् भने उनका प्रतिस्पर्धी लक्ष्मी बाँस्कोटाले २१० मत मात्र प्राप्त गरे ।
उपसचिवमा गंगालाल राजवंशीले २२२ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मतले पराजित भए । यस्तै, महिला उपचिवमा डिल्लीमाया आचार्यले २५४ मतसहित निर्वाचित भइन् भने उनकी प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गरिन् ।
लेखा समिति अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित भएका छन् ।
Discussion about this post