मेचीनगर, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मतगणना सुरु भएको छ ।
खानेपानी कार्यालयको सभाहलमा अहिले मतगणनाका लागि सर्टिङ गर्ने काम भइरहेको छ । आज विहान ११ वजेदेखि मतगणना सुरु हुने छ ।
आज विहान १२ वजेदेखि मतगणनाको पारम्भिक नतिजा आउन सुरु हुने बताइएको छ ।
शनिबार सम्पन्न मतदानमा चार हजार ९ सय २० मत खसेको निर्वाचन समिति सदस्य दिपक पोखरेलले जानकारी दिए ।
खानेपानीमा कुल मतदाता ६ हजार ६ सय ७४ जना रहेका छन् । मतदानबाट ७३.७१ प्रतिशत मत खसेको उनले बताए ।
Discussion about this post