मेचीनगर, १० असार । मेचीनगरकाे प्रस्तावित बजेट दुई अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँ आएको छ ।
मेचीनगर नगरपालिकाकाे आगामी आर्थिक वर्ष २०८१/८२ काे प्रस्तावित बजेट २ अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँ आएकाे हो ।
आज मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकीकाे सभाध्यक्षमा पहिलाे चरणकाे दाेस्राे नगरसभाकाे पाँचाै अधिवेशनकाे नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पाेखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् ।
उपमेयर उप्रेतीेले दुई अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँकाे प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।
बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएकाे छ । बुधबार मात्र पूर्ण बजेट आउने बताइएकाे छ ।
कार्यक्रमकाे सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए । नगर अधिवेशनमा राजनीतिक दलहरूलाई नबाेलाएकाे भन्दै काँग्रेस निकटका वडाध्यक्षहरूले विराेध जनाएका थिए ।
नगर अधिवेशनमा संघिय र प्रदेश सांसदहरूकाे सहभागिता रहेकाे थिएन । कानून अनुसार नगर अधिवेशन सञ्चालन गरिएको दावी गरे ।
मेयर बुढाथोकीले सांसदहरूलाई जानकारी गराएकाे बताए । उहाँहरूकाे समय नमिलेका कारण आउन नभ्याउँनु भएको उनकाे भनाई छ ।
विराेधमा उत्रिएका मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ र वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलालाई मेयर बुढाथोकीले सम्झाएपछि सभा शान्तिपूर्ण रूपमा सञ्चालन भएको थियाे ।
Discussion about this post