झापा, ११ असार । कोशी सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज खारेज गरेको छ ।
काेशी सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रियाअघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरेको हो ।
न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले केदार कार्कीको माग अस्वीकार गरी मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधान सम्मत ठहर्याएको छ ।
योसँगै हिक्मत कार्की नेतृत्वको एमाले-माओवादी गठबन्धन सरकारको वैधतामाथि उठेको प्रश्न समाधान भएको छ ।
Discussion about this post