मेचीनगर, २० असार । रोटरी क्लब अफ काँकरभिट्टाको १५ औँ पदहस्तान्तरण कार्यक्रममा शिक्षासेवी भुवन सुब्बा सम्मानित भएकी छन् ।
आज होटल मेची क्राउनमा आयोजित रोटरी क्लब काँकरभिट्टाको पदहस्तान्तरण कार्यक्रममा मेचीनगर–६ निवासी शिक्षासेवी सुब्बा सम्मानित भएकी हुन् ।
काँकरभिट्टा माविकी पूर्व शिक्षिका, साहित्यकार एवम् स्काउटकी राष्ट्रिय शैक्षिक आयुक्त सुब्बालाई रोटरी नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्रमान शेरचनले प्रशंसापत्रसहित सम्मान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष शेरचनले अबको सामाजिक अभियान अन्तरगत मानव वेचविखन, बालबालिका, मिस नेपाल, क्यान्सर पीडित ५ हजारलाई निःशुल्क स्किनिङ, विद्यालयका शौचालय सफा पार्ने, फोहोरबाट मल बनाउने लगायत रहेको जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेशका सांसद गोपाल तामाङ, रोटेरियनहरु जितेन्द्रराज भण्डारी, सञ्जय गिरी, विनोद वस्नत, विमल आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ काँकरभिट्टा वर्ष २०२३÷२०२४ अध्यक्ष एवम् इन्जिनियर रुद्र मैनालीले आफ्नो कार्यकालमा ५० वटा कार्यक्रम मध्ये स्वास्थ्य, शिक्षा लगायत १३ वटा मुख्य सामाजिक काम सम्पन्न गरेको दावी गरे ।
रोटरी काँकरभिट्टा वर्ष २०२४÷२०२५ का अध्यक्ष एवम् डा.आनन्दराज खनालले भावि योजना सुनाउँदै मुख्य काम भनेको विपन्न परिवारको समुदायलाई माथि उठाउने कार्य गरिने प्रतिवद्वता मन्तव्य व्यक्त गरेका थिए ।
रोटरी क्लब अफ काँकरभिट्टाका वर्ष २०२४/२०२५ का अध्यक्ष डा.आनन्दराज खनालकाे अध्यक्षतामा सम्पन्न पदहस्तान्तरण कार्यक्रमको स्वागत वर्ष २०२५÷२०२६ का भावी अध्यक्ष उदयकुमार श्रेष्ठले, धन्यवाद राजु महर्जनले, सञ्चालन पूर्व अध्यक्ष सुजन प्रधान र वर्ष २०२४÷२०२५ का सचिव जीवन भट्टराईले गरेका थिए ।
Discussion about this post