९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सभामुखद्वारा उद्घाटन

हात्ती आएको थाहा पाउन एप्सबाट साइरन बज्ने

असार २१, २०८१, १:५३ .शुक्रबार
0
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २१ असार । हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’ सञ्चालनमा आएपछि बाहुनडाँगीका जनतालाई राहत महसुस भएको छ ।

वर्षौँदेखि पीडित यहाँका जनताले हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’ सञ्चालनमा आएपछि खुसी भएका हुन् ।

उक्त एप्सको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । नेपालमै पहिलोपल्ट मेचीनगर–४ को बाहुनडाँगी बजारमा सञ्चालनमा ल्याइएको छ ।

जीपीएस स्वीचको अन गर्दै सभामुख घिमिरेले एप्सको उद्घाटन कार्यक्रममा उनले हात्तीलाई लखेट्ने, तर्साउने र पराम्परागत शैलीलाई छाडेर अब सहअस्तित्वका आधारमा हात्तीमैत्री वातावरण निर्माण गरेर मानव–हात्तीबीचको द्वन्द्व क मगर्दै जानु पर्ने बताए । उक्त एप्स बाहुनडाँगीको छोटी भन्सारमा नियन्त्रण कक्ष राखेर सञ्चालनमा ल्याइएको छ ।

समाजका लागि युवा सहकार्य र बर्दियाको उज्यालो नेपालको संयुक्त पहलमा यो प्रविधि नेपालमा पहिलो पटक बाहुनडाँगीमा ल्याइएको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । यो प्रविधिका लागि इसिमोडले आर्थिक सहयोग गरेको बताइएको छ ।

भारतबाट आएका जंगली हात्तीहरु कहाँ डुलिरहेको छ, कता जाँदैछ भन्ने सूचना सर्वसाधारणबाट लिएर आरआरटीका स्वयंसेवी युवाहरुको समूहलाई जानकारी दिने र आवश्यक परेमा नजिकको प्रहरीसमक्ष खवर पुर्याउने कार्य नियन्त्रण कक्षले गर्ने छ ।

गाउँमा हात्ती आएपछि जोकोहीले यो एप्स खोलेर आफनो लोकेसन एट्याच गर्न सक्छन् । जसका कारण नियन्त्रण कक्षमा साइरन बज्ने व्यवस्था मिलाइएको छ । हात्ती गाउँ पसेको सूचना एप्समार्फत साइरनले दिनेछ ।

यो प्रविधि जीपीएस प्रणालीमा आधारित भएको उज्यालो नेपालका विज्ञ रमेश नेपाललेबताए । एप्स निर्माणमा १० लाख रुपैयाँ खर्च लागेको बताइएको छ ।

मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई, भीम खवास लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

अघिल्लो समाचार

अब पत्रकारिताको रिभियु गर्नुपर्छ : बालकृष्ण बस्नेत

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.