२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ट्याङ्की शिलान्यास

अब नेपालमा राजनीतिक अस्थिरता अन्त्य हुन्छ : शर्मा

असार २६, २०८१, ११:५८ .बुधबार
0
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ असार । नेपाली काँग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं.१ का संघिय सांसद विश्वप्रकाश शर्माले अब नेपालमा राजनीतिक अस्थिरताको अन्त्य हुने बताएका छन् ।

आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मेचीनगर-५ सिर्जना चाेकमा ४५० घन लिटरकाे ओभरहेड ट्याङ्की निर्माण गर्ने शिलान्यास कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

प्रमुख अतिथि सांसद शर्माले लोकतन्त्रको दीगोविकास, राजनीतिक दलहरुप्रति जनताको बढ्दै गएको निरशालाई चिर्न केपी शर्मा ओलीको नितृत्वमा नयाँ सरकार गठनको प्रक्रियामा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमती भएकोले अब नेपालमा राजनीतिक अस्थिरताको अन्त्य हुने बताए ।

शर्माले मेचीनगरको दिगो विकासको लागि यहाँका सबै राजनीतिक दल, स्थानीय सरकार, संघीय र प्रदेश सांसदहरु एक मत भएरअघि बढ्ने गरेकाे बताए ।

उनले खानेपानीको ओभरहेड ट्याङ्की निर्माणका लागि ५ करोड बजेट रकमान्तर भएर आएकोले ढुक्क भएर काम गर्न निर्माण ब्यवसायी र समितिलाई सुझाव दिएका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य एवम् मेचीनगरका प्रथम मेयर रविन कोइरालाले २०७२ सालमा जारी भएको संविधान प्रयोगका क्रममा देखिएका केही जटिलता, उल्झनहरुलाई समाधान गर्न संविधान संशाेधन गर्नुको विकल्प नभएकोले राष्ट्रिय सहमतिको सरकारको आवश्यक भएको बताए ।

संविधान संशाेधनका लागि दुई तिहाइ बहुमत संसदमा चाहिने भएकोले राष्ट्रिय सहमति आवश्यक पर्ने उनकाे जाेड थियाे ।

संविधान संशाेधनको एजेण्डामा ७५३ वटा पालिकालाई पूनःगठित गर्ने कुरा चलेको बताउँदै उनले मेचीनगरको विकासको खाका कोर्दा त्यस कुरालाई समेत ध्यान दिनु पर्ने बताए ।

उनले झापामा ७/८ वटा मात्र पालिका हुने सम्भावना रहेकाे दावी गरे ।

मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले मेचीनगरको दीगो विकासको लागि गुरु योजना बनाउने कामअघि बढाएको बताए ।

कार्यक्रममा मेचीनगर पालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, काँग्रेसका झापाका उपसभापति केशवराज पाण्डे, कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

खानेपानी कार्यालयका प्रमुख दीपक पाेखरेलले १० कराेड ४८ लाखकाे लागतमा ३० महिनामा सम्पन्न हुने गरि ग्लाेवल वितेश जेभिलाई ठेक्का सम्झाैता भएको बताए ।

सम्झाैता अनुसार २ वटा ओभरहेड ट्याङ्की, ४ वटा बाेरिङ, २ वटा ट्रिटमेन्ट सिस्टम लगायतका सामाग्री निर्माण हुनेछ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राेहितकुमार बुढाथोकीकाे अध्यक्षता, स्वागत उपाध्यक्ष गोविन्द गिरीले र कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

पछिल्लो समाचार

मुकुल ढकाललाई पार्टीको जिम्मेवारीबाट हटाइयो

अघिल्लो समाचार

मेचीनगरमा सार्वजनिक सुनुवाई : जनताका गुनासै गुनासा

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.