।। अर्जुन कार्की ।।
मेचीनगर, २८ असार । मेचीनगर नगरपालिकाका मेयर, उपमेयरले सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले उठाएका प्रश्नहरुलाई सुझावका रुपमा लिएर नगरको हितमा काम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।
विहीबार नगरपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका तमाम विषयमा जनताले राखेका सुझावलाई लिपिवद्व गरेर अघि बढ्ने मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताएका हुन् ।
जनताका प्रश्न
विजय डालमिया : कोशेली घरको आवश्यकता कहाँ हो, सर्प उद्वार, संकल्प अभियान, सहकारीले निक्षेपकर्ताको बचत फिर्ता नगरी जग्गा किन बेचेको, नगर अस्पताल बनाउन किन ढिलाई, मेचीनगरमा कृषि महोत्सव किन गर्न नसक्ने, लागूऔषध न्युनिकरण कार्यक्रम खोई लगायतका विषय उठाएका छन् ।
गोपाल वस्नेत : नगरको आम्दानी भनेको कर हो । करलाई सहज बनाउन संयन्त्र बनाउन आवश्यक रहेको छ । चारआलीको सडक छेउमा जमिन मुनी राखेको पानीको स्याल्प कुन प्रयोजनका लागि हो भनेर प्रश्न गरेका थिए ।
राजु महर्जन : खेलकुद क्षेत्रमा किन कम बजेट विनियोजन गरिएको । कति लगानी भएको छ भन्ने जोडदार प्रश्न गरेका थिए ।
सन्दिप थापा : युवा पलायन रोक्न के कस्ता योजना छन् । लागूऔषध कार्यक्रमलाई किन वेवास्ता गरेको । सुधार केन्द्रको अनुगमन किन भएन ।
लाक्पा लामा : भावुक हुँदै खेलाडीप्रति नगरपालिका किन जिम्मेवार बनेन् । म राष्ट्रका लागि लडे, खेले तर, नगरले केहि गरेन । नगरपालिकाले क्रिकेटमा लगानी गर्न सकेन ।
भूमिराज पौडेल : व्यवसाय प्रर्वधनका लागि कस्ता योजना छन् । वोर्डरमा देखिएका समस्या समाधान गर्न पहल गरियोस् । उत्पादित्त वस्तु बजारीकरणमा नगरको ध्यान जाओस् ।
सरस्वती सिटौला : नगरले कहिले राम्रो अस्पताल बनाउने हो । हेल्थपोष्टमा कहिले एक्सरे–रे मेसिन राख्ने । कुकुरको बन्ध्याकरण कतिको गरियो । हात्तीलाई किन मारिरहेका छन् ।
घनश्याम लामिछाने : सडक वत्तिको काम किन भएन । लागूऔषध नियन्त्रणका काम प्रभावकारी भएन ।
पदमबहादुर कटुवाल : जग्गा विवाद समाधान गर्न किन सकिरहेको छैन ।
इन्द्रबहादुर वस्नेत : कुरा भन्दा काम गरिदिए पुग्छ । बाटो पुगेको छैन । बाटो हिड्दा जुत्ता लगाएर हिड्न सकिदैन ।
देबेन्द्र खरेल : दुर्लभ चरालाई पाठ्यक्रममा किन समेटिएन । हात्ती मारिदा नगरपालिका किन मौन रहयो । मेचीनगरलाई चरा पर्यटन क्षेत्र घोषणा किन गर्न सकेन । चराको राजधानीमा चरा मार्न निषेधित क्षेत्र घोषणा गर्न पहल किन नगरेको लगायतका प्रशन गरेका थिए ।
खगेन्द्र भण्डारी : टोल विकास सञ्चालन गर्न समस्या छ । नागरिक वडा पत्र सबैतिर वडामा हुनु पर्छ । शिक्षक र अभिभावकवीच घुलमिल कम भयो । वडा कार्यालयबाटै सेवाग्राहीलाई भुक्तानीको व्यवस्था गर्नपर्छ ।
मञ्जिल देवन : पटके सवारी काट्न बिर्तामोड पुग्नु पर्ने झन्झट अन्त्य गरियोस् । मौरी पालनलाई पर्यटनको रुपमा विकास गर्न सकिन्छ ।
दुर्गादेवी भट्टराई : टोक्ला बगान क्षेत्रले छेकेको जग्गा रंगशाला बनाउन छुट्टाउनु पर्छ । उक्त जग्गा वेवारिसे छ ।
मायामितु न्यौपाने : भाषा, कला, संस्कृति र साहित्यमा नगरपालिकाले ध्यान दिन आवश्यक छ ।
देबु बानियाँ : मेचीनगर–३ स्थित दोकान डाडाका अपाङ्गता भएका २१ वर्षीय क्षितिज राईको नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएका छन् । त्यसका लागि नगरपालिकाले पहल गरिदिन आग्रह गरेका छन् ।
सन्दिप लुईटेल : मेचीनगरमा कति जनाले रोजगारी पाए डेटा भए सार्वजनिक गर्न आग्रह गरे ।
प्रविण अधिकारी : जनप्रतिनिधिहरुले कुन कानून अनुसार सामाजिक सञ्जाल (फेसबुक) मा सूचनाहरु पोष्ट गरिरहेका छन् ।
खगेन्द्र घिमिरे : सार्वजनिक सुनुवाई वर्षमा कति पटक गरिन्छ । खोला उत्खनन् कार्यमा किन नगरपालिका बोल्दैन ।
रामबहादुर श्रेष्ठ : कालीझोडामा सीमांकनको विषयले गर्दा नगरवासीले दुःख पाउनु परेको अवस्था छ । त्यसमा नगरपालिकाले चासो दिएन ।
केशव गौतम : नगरपालिकाबाट उन्नत जातको विउँ विजन नपाएकोमा चिन्ता व्यक्त गरेका थिए । बजार अनुगमन गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।
कृष्ण खरेल : कृषिका कार्यक्रमहरु किसानको घरघरमा व्यापक रुपमा पुर्याउन पर्दछ ।
मेयर बुढाथोकीको जवाफ
उनले अवका वर्षदेखि सार्वजनिक सुनुवाईलाई व्यवस्थित गरिनेछ । स्रोत र सीमामा रहेर बजेट विनियोजन गरिएको छ । कानूनको अभाव र जटिलताले गर्दा थुप्रै काम गर्न पाएका छैनौँ । समस्या सबै षेत्रमा छन् तर, पनि कामहरु गरिरहेको अवस्था छ । उपयुक्त सुझावहरुलाई कार्यान्वयन गर्न सहज हुनेछ ।
सर्प उद्वारका लागि आवश्यक नीति बनाउने छौँ । सबै पालिकाहरुबाट सर्पदंश उपचारका लागि सहयोग संकलन गछौँ । ल्याण्डफिल्ड साइडका लागि अध्ययन् भइरहेको छ । ढिलो हुन्छ तर दिगो हिसावले काम गरिन्छ । फोहोरका विषयमा तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ ।
नगरमा सामान्य रोगको उपचार गर्न पनि कठिन छ । त्यसका लागि वडा वडामा ल्यावटेष्ट सञ्चालन हुन्छ । आधारभुत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने अभियानमा नगरपालिका लागेको छ । नगर अस्पताल बनाउन कानूनी र प्राविधिक जटिल्ता छ । धुलाबारी स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाउन लागेका छौँ । २४ औँ घण्टा सेवा सञ्चालन गरिनेछ ।
लागूऔषध न्युनिकरण कार्यक्रमलाई अघि बढाउन कोषवृद्वि गरिएको छ । प्रत्यक घरघरमा ‘आमा सतेचतना कार्यक्रम’ सञ्चालन गर्ने छौँ । करको दायरा बढाउन छलफल भइरहेको छ । यसलाई व्यवस्थित रुपले कार्यान्वयन गरिनेछ ।
बोर्डरकको समस्या समाधान गर्न पहल गरिरहेका छौँ । चालु आसर्थक वर्षमा कुकुरको बन्ध्याकरण गरेका छौँ । कुकुरको रेकर्ड राख्ने काम पनि भएको छ ।
हात्तीका विषयमा विज्ञसँग छलफल भइरहेको छ । कोशी प्रदेश सरकारबाट हात्तकिा लागि १ करोड बजेट छुट्टिएको छ । सडक वत्तिका विषयमा नगरपालिकाले विद्युत प्राधिकरणलाई साढे ५ करोड बुझाउन बाँकी छ । यसवर्ष थोरै भएपनि बुझाउने काम भएको छ ।
किसानलाई वर्गिकरण गरेर सूचीकरण गरिनेछ । वास्तविक किसान पहिचान गरी कृषकलाई चाहिने सामाग्री अनुदानमा दिने छौँ । पटके सवारी कर तिर्न बिर्तामोड धाउनु पर्ने बाध्यता अब चाडै अन्त्य गरिने छ । त्यसलाई काँकरभिट्टामा ल्याइने छ ।
खेल मैदानका लागि अधिकतम प्रयत्न गरिरहेका छौँ । जग्गा खोज्ने काम भइरहेको छ । नियम विपरित खोला उत्खनन् गर्ने जो कोहिलाई कारवाहीको दायरामा ल्याउने छौँ । त्यसमा कुनै सम्झौता हुँदैन ।
अपाङ्गता भएका क्षितिज राईको नागरिकताका लागि कागजात नपुगेकाले कानूनी जटिल्ता छ । जिल्ला प्रशासन कार्यालयले जति कागजात छन्, त्यसमा कुरामा मिलाई दिए नागरिकताका लागि म आफैले सनाखत गर्न तयार रहेको जानकारी दिए ।
अव चाडै नागरिक डेटा बनाउने छौँ । गुणस्तरीय जनशक्ति उत्पादन गर्न रोजगार सिर्जना गर्ने छौँ । त्यसका लागि तालिमको व्यवस्था गरिनेछ । ५ सय जनशक्ति उत्पादन गर्ने छौँ । न्याय सम्पादन उत्कृष्ट छ । प्रविधि मैत्री नगर विकास गर्न कोसिस गरिरहेका छौँ ।
चरालाई पाठ्यक्रममा समावेश गर्न शिक्षा शाखा मार्फत प्रधानाध्यापकहरुको वैठकले निर्णय गरेको छ । उक्त विषयमा शिक्षा शाखाको पेजबाट सूचना जारी गरिनेछ ।
उपमेयर उप्रेतीको प्रतिवद्वता
स्वागत भाषणमा उप्रेतीले सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको बताएकी छन् । गौरवका आयोजनाहरु सञ्चालन, बस टर्मिनलको कार्यविधि बनाएर यातायात क्षेत्रमा सुधार गरिने, स्वास्थ्य संस्थामार्फत फार्मेसी सञ्चालनमा ल्याउने लगायतका नगरको योजना रहेको छ ।
टोल विकास संस्थालाई थप सक्रिय बनाएर लाने छौँ । आयलाई सुनिश्चिता गरेर बजेट बनाउने छौँ । घाटा बजेट बनाएको छैन । नीति तथा कार्यक्रम र बजेटलाई सँगसँगै ल्याएका छौँ । यसले सुशासन ल्याउने कुरामा मद्दत पुग्नेछ ।
अधुरा नीति नलाने नीति बनाएका छौँ । जनताले उठाएका राम्रा सुझावहरुलाई नगर सुधारमा टेवा पुग्ने छ । उक्त सुझावहरुलाई आत्मसाथ गर्दै आगामी दिनमा नगरलाई बलियो बनाएर लाने प्रतिवद्वता व्यक्त गर्दछौँ ।
हाकिम अधिकारीको प्रगति विवरण
सार्वजनिक सुनुवाई जनता प्रतिको उत्तरदायित्वको एउटा विधि हो । स्थानीय सरकार सञ्चालनका लागि सार्वजनिक सुनुवाई आवश्यक छ ।
गतवर्ष १ अर्व ३३ करोड थियो भने चालुवर्ष १ अर्व ३६ करोड छ । खर्च ८०.४५ प्रतिशत, पुँजीगत खर्च ७३.०४ प्रतिशत, चालु खर्च ८४.०४ प्रतिशत छ । पूर्वाधारमा ५१६ वटा र योजनामा ४२० वटा काम भए । जस्मा ८१.४० प्रतिशत, चालु योजना ८३ वटा सुरु, त्यसमा १६ वटा काम भयो । २.५२ प्रतिशत छ ।
महिला तथा बालबालिका क्षेत्रमा १६ वटा योजनामा १३ वटा काम भए । सामाजिक योजनामा ४० मध्ये ३७ वटा काम भएको छ । ९२.५ प्रतिशत प्रगति छ ।
टोल विकास संस्थाहरुको भुमिकाहरुलाई थप प्रभावकारी बनाउने । स्वास्थ्यकर्मीको व्यवस्थापन गरिने छ । स्वास्थ्य तर्फ ९८.०३ प्रतिशत, शिक्षातर्फ ९५.०५ प्रतिशत, कृषितर्फ १९ वटा योजनामा १२ वटा काम सम्पन्न भएको छ । जस्मा ६३.१५ प्रतिशत, ७६५ जनालाई अनुदान उपलब्ध, पशुविकासमा ८ वटा योजनामा ७ वटा काम सम्पन्न भएको छ । जस्मा ८७.०३ प्रतिशत काम भएको छ ।
सेवा प्रवाह लक्ष्य अनुसार आईटीलाई अटोमेसन गरेर पेपरलेस सर्भिस दिने र डिजिटल प्रोफाइल बनाउने योजना छ । नागरिक वडा पत्र डिजिटल, कृषक सूचीकरण, परिचय पत्र बाढ्ने, सामुदायिक विद्यालयमा फोकस गरिने छ । प्रधानाध्यापकहरुको मुल्याङ्कन गरिनेछ ।
शिक्षा प्रमुख होमनाथ भण्डारी
नगरको पाठ्यपुस्तकमा चरा सम्बन्धी विषय समेटेका छौं । विद्यालय विदा सूचनालाई व्यवस्थित गर्दै लैजाने छौं ।
कार्यक्रममा ३ का वडाध्यक्ष हर्क वस्नेत, ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, ८ का वडाध्यक्ष गिरीराज धमला, ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, १० का वडाध्यक्ष नारायण खनाल, ११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधुसुदन निरौला, १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, कार्यपालिका सदस्यहरु ह्दय राजबंशी, चित्र धिमाल, अञ्जु थापा, तिलजा देवान, कविता खनाल सार्की, वडा सदस्यहरु, समाजसेवी, सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिका सहजकर्ताहरुले सार्वजनिक सुनुवाई हुनु एक महिनाअघि वडा कार्यालय र मेचीनगर नगरपालिका कार्यालय परिसरमा नागरिकसँग नगरपालिकाको सेवाप्रति कतिको सन्तुष्ट हुनु हुन्छ भन्ने प्रश्नमा ठिकै छ भन्ने जवाफ पाइएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता मेयर गोपालचन्द्र बुढाथोकीले र सहजीकरण काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिका तर्फबाट पत्रकार अम्बिका भण्डारीले गरेकी थिइन् ।
भिडियो पनि हेर्नुहोला ।




Discussion about this post