झापा, २८ असार । नेकपा एमालेका अध्यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी पेश गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरे ।
ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दावी पेस गरेका थिए ।
ओली कांग्रेस सभापति शेरबहादुर देउवासँगै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।
Discussion about this post