भद्रपुर, ३ साउन । अब ओमसाई पाथिभरा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रममा आँखाको उपचार सेवालाई पनि समेटेको छ ।
नेपाल सरकारको राष्ट्रिय बीमा बोर्डले यही असार २४ गते आँखाको उपचारमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम)ले जानकारी दिए ।
उनले साउन १ गतेदेखि उक्त सेवा सुरु भएको बताए । अस्पतालले विगत चार वर्षदेखि अरु सबै उपचार सेवामा स्वास्थ्य बीमा मार्फत सेवा दिइरहेको छ ।
अब आँखाको उपचारमा पनि बीमा सुरु भएकाले यसका लागि रेफर नचाहिँने उनको भनाई छ । उक्त सेवा झापा जिल्लाका आँखाका विरामीको हकमा मात्र लागू हुने अस्पतालले जनाएको छ ।
Discussion about this post