२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रधानमन्त्री ओलीले किन खोजे करारका कर्मचारी राईलाई

साउन १५, २०८१, २:४६ .मङ्लबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

झापा, १५ साउन । केपी शर्मा ओली प्रधानमन्त्री हुने वित्तिकै मन्त्रालयमा खोजी गरेका करारका कर्मचारी हुन् गणेश राई ।

किन खोजे त, ती कर्मचारी राईलाई प्रधानमन्त्री ओलीले । यस्तो छ घटना ।

प्रधानमन्त्री ओलीका लागि कम्प्युटर अपरेटर गणेश राई सदावहार रोजाइका पात्र हुन् । खोटाङ घर भएका गणेश राई अहिले चर्चामा छन् । पछिल्लो समय ओली प्रधानमन्त्री नियुक्त हुँदा उनी सिंहदरबारबाट बाहिरिइसकेका थिए ।

करारका कर्मचारी उनी असार मसान्तसँगै करार अवधि सकिएपछि सिंहदरबारबाट बाहिरिनु परेको थियो । तर प्रधानमन्त्री ओलीले उनलाई फेरि बोलाएर आफ्नो सचिवालयमा जागिर दिएका छन् ।

तेस्रो पटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा राई नभेटिएपछि ओलीले सोधखोज गरेका थिए । राईको करार सकिएको जानकारी पाएपछि ओलीले तत्कालै उनलाई फेरि सरकारी सेवामा जोडेका हुन् ।

दुवै हातको कुहिनोभन्दा तलको भाग नभएका राईलाई प्रधानमन्त्री ओलीले खोजेर जागिर दिएको विषयमा मिडियामा थुप्रै समाचार बने । कतिपय मिडियामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकालेको व्यक्तिलाई ओलीले खोजेर जागिर दिए भन्नेखालका समेत समाचार बन्यो ।

खोटाङ, जन्तेढुंगा गाउँपालिका (पहिले काउले गाविस) का गणेश राईले ओलीसँग पहिलो पटक २०७२ मा बालकोटमा भेट गरेका थिए । सो समय उनी स्वर्गीय मिलन राईमार्फत अध्ययन अगाडि बढाउने भनेर काठमाडौँ आएका थिए ।

तर, राई प्रधानमन्त्री कार्यलयबाट बाहिरिनुको कथा भने प्रचार गरिएकोभन्दा भिन्न छ । करारका कर्मचारी उनको असार मसान्तमा अवधि सकिएको थियो । त्यसैले उनी बाहिरिएका थिए । बाहिरिएको ७ दिनमै ओलीका कारण उनी फेरि सचिवालयमा भित्रिए ।

असार मसान्तमा करार सकिएर उनीसँगै ९ कर्मचारी बाहिरिएका थिए । जसमध्ये उनीसहित ४ जनालाई प्रधानमन्त्री ओलीले फर्काइसकेका छन् भने बाँकी ५ जनालाई पनि फर्काउन निर्देशन भइसकेको राईले बताए । ‘प्रधानमन्त्री ओलीले गरिब, दुःखी र निमुखालाई निकै माया गर्नुहुन्छ’, राईले भने, ‘हामीलाई खोजेर फेरि फर्काउनु भयो ।’

ओलीसँग पहिलो भेट

खोटाङ, जन्तेढुंगा गाउँपालिका (पहिले काउले गाविस) का गणेश राईले ओलीसँग पहिलो पटक २०७२ मा बालकोटमा भेट गरेका थिए । सो समय उनी स्वर्गीय मिलन राईमार्फत अध्ययन अगाडि बढाउने भनेर काठमाडौँ आएका थिए ।

उनको पूर्वसांसद विशाल भट्टराई, भैरव राईलगायत केही सिनियरसँग सङ्गत थियो । सिनियर दाइहरूको मुखबाट उनले एमालेको अध्यक्षको रूपमा ओलीको चर्चा सुन्थे ।

त्यतिबेला उनले संगत गरेका एमाले नेतामध्ये धेरैजसोले ओलीलाई अबको प्रधानमन्त्रीका रूपमा चिनाउने गर्दथे । त्यसैले उनलाई अब प्रधानमन्त्री हुने व्यक्ति कस्तो होला, कहाँ बस्छन् होला भनेर भेट्न मन लाग्यो ।

सोही क्रममा उनी सिनियर दाइहरूको पछि लागेर बालकोट पुगेका थिए । भेटमा आफूलाई ओलीले ‘के गर्छाै, के गर्न सक्छौ ? के के प्रतिभा छ ?’ भनेर सोधेको राईले बताए ।

‘मैले उहाँलाई कम्युटर चलाउनेदेखि सबै काम सामान्य मानिसले गरेकोजस्तो गरेर देखाएँ,’ उनले भने । आफ्नो काम देखेपछि ओलीले प्रशंसा गरेको पनि उनले सुनाए ।

पहिलो जागिर सहरी विकासमा

२०७२ मा ओली प्रधानमन्त्री भएपछि राईलाई सहरी विकासको डिभिजन कार्यालय काठमाडौँमा कम्प्युटर अपरेटरको रूपमा जागिर दिलाए । ओली प्रधानमन्त्रीबाट हटेसँगै उनको त्यो जागिर पनि सकियो ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि फागुन ३ गते ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त भए । त्यो समय फेरि ओलीले राईलाई खोजेर प्रधानमन्त्री कार्यालयको सचिवालयमा ल्याए । यो समय सुरुमा राईले प्रशासनमा काम गरे । त्यसपछि सल्लाहकारसँग काम गरे । ओली सरकारबाट हटे पनि उनी प्रधानमन्त्री कार्यालयमै रहे ।

ओलीपछि प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समय पनि आफूले प्रधानमन्त्रीको कार्यालयमै काम गरेको राई बताउँछन् ।

बुबाआमाले गाउँघरमा दुःखजेलो गरेर हुर्काएका उनको बाल्यकाल दुःखमै बित्यो । उनी बुबाआमाको पनि चिन्ताको जड थिए । ‘के गरेर खान्छ, कसरी गरेर खान्छ’ भनेर म सानो हुँदादेखि नै आमाबुबाले चिन्ता लिने गरेको उनले बताए ।

जब प्रचण्ड सरकारले अस्थायी कर्मचारीको दरबन्दी काट्यो, उनी त्यसमै परे । त्यसैले असार मसान्तबाट उनी लगायत ९ जना सेवाबाट बाहिर भए ।

‘बाहिरिएको ६–७ दिन पनि नबित्दै प्रधानमन्त्री ओलीले बोलाउनुभयो’, राईले भने, ‘खोसिएको रोजीरोटी फेरि फर्कियो ।’ प्रधानमन्त्रीको सचिवालयमा फेरि काम गर्न पाउँदा उनी दंग छन् । उनले भने, ‘म निकै भाग्यमानी रहेछु । प्रधानमन्त्रीको माया जो बारम्बार पाइरहेको छु ।’

‘गरिबको छोरो म’

गरिब परिवारमा जन्मिएका उनी परिवारको साइलो छोरा हुन् । उनीमाथि दुई र तल तीन दाजुभाइ छन् । दुवै हात (कुहिनोभन्दा तलको भाग) नभएका उनको यो अवस्था जन्मजात नै हो । तर अरुले देख्दा हात नभएको देखे पनि आफूलाई त्यस्तो महसुस नहुने उनले बताए ।

बुबाआमाले गाउँघरमा दुःखजेलो गरेर हुर्काएका उनको बाल्यकाल दुःखमै बित्यो । उनी बुबाआमाको पनि चिन्ताको जड थिए । ‘के गरेर खान्छ, कसरी गरेर खान्छ’ भनेर म सानो हुँदादेखि नै आमाबुबाले चिन्ता लिने गरेको उनले बताए ।

‘अहिले म काठमाडौँमा काम गरेर बाँच्न थालेपछि उहाँहरू धेरै खुसी हुनुहुन्छ’, राईले थपे, ‘अहिले उहाँहरूको चिन्ता हटेको छ ।’ आफ्नो अलावा भाइहरूका लागि समेत आफैँले खर्चको जोहो गरिरहेको उनले सुनाए ।

५ कक्षासम्म गाउँको जलेश्वर प्राविमा अध्यायन गरेका उनले त्यसपछिको स्कुल चिसापानीमा गरे । त्यसपछि दिक्तेलमा ब्याचलर गर्दैगर्दा उनी काठमाडौँ होमिएका थिए । म्यानेजमेन्टमा ब्याचलर गरेका उनले त्यसपछिको अध्ययन भने अगाडि बढाउन सकेनन् ।

‘अब फिल्म खेल्छु’

दुबै हातको कुहिनोभन्दा तलको भाग नभए पनि उनी अहिले सामान्य मानिसले जस्तै कम्प्युटर, मोबाइल लगायत सजिलै चलाउँछन् । दिक्तेलमै कम्प्युटरको बेसिक कोर्ष गरेका उनीसँग अहिले कम्प्युटरको सबै ज्ञान छ ।

अभ्यासले आफूलाई परफेक्ट बनाएको उनी बताउँछन् । ‘अरुले देख्दा असहज देख्लान् । तर मलाई असजिलो हुँदैन’, उनले भने ।

कामका दृष्टिले हात नभएको खासै महसुस नगरेका उनले यसका कारण कहिल्यै अपहेलित हुन नपरेको पनि बताए । मानिसमा चेतनाको स्तरमा आएको परिवर्तनकै कारण कतै अपमानित र अपहेलित हुन नपरेको उनको बुझाइ छ ।

उमेरले ३१ टेकेका अविवाहित उनको अब विवाह गर्ने सोच छ । युवा अवस्थाका लागि भन्दा पनि बुढेसकालको सहाराका लागि विवाह गर्न चाहन्छन् उनी । समाजसेवामा भनेपछि मरिहत्ते गर्ने उनी आफूजस्तै फरक क्षमता भएकाको सेवा गर्न रुचाउँछन् ।

‘फरक क्षमता हुनु कसैको पनि गल्ती होइन । यस्तो हुनु भनेको एउटा अवसर पाउनु पनि हो’, राईले भने, ‘मेरो हात राम्रो भएको भए अहिलेको अवस्थामा आउन सक्दैन थिएँ ।’

खतरनाक र चुनौतीपूर्ण काम गर्न रुचाउने उनको अभिनयमा पनि रुची छ । केही टेलिसिरियल र भिडियोमा समेत अभिनय गरेका उनी अब फिल्म खेल्न चाहन्छन् ।

(रातो पाटीबाट)

पछिल्लो समाचार

विवादित कर खारेज गर्न बाणिज्य संघको माग

अघिल्लो समाचार

सार्वजनिक शौचालयका लागि जग्गा खोज्न समिति

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.