९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सन्दर्भ : हात्ती दिवस

हात्तीमैत्री बन्न बाहुनडाँगीका जनताबाट सिक्नुपर्छ : मन्त्री कार्की

साउन २८, २०८१, ४:२३ .सोमवार
0
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २८ साउन । खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले हात्तीमैत्री बन्न बाहुनडाँगीका जनताबाट सिक्नु पर्ने बताएका छन् ।

आज बाहुनडाँगीमा रेपिड रेस्पोन्स टिमले हात्ती दिवसको अवसरमा मन्त्री कार्कीले यस्तो कुरा बताएका हुन् ।

गत फागुन ९ गते मानव हात्ती सहअस्तित्वको लागि बाहुनडाँगीदेखि उदयपुर जिल्लाको वेलवासेसम्म पूर्व मुख्यमन्त्री कार्कीसहितको टोलीले सात दिनको हात्ती मैत्रीपूर्ण पदमार्ग गरेको थियो । मन्त्री कार्कीले उक्त अभियान सफल नभएको दावी गरे ।

‘सरकारले त्यसबेला खर्चमात्र गर्याे’, मन्त्री कार्कीले भने– ‘त्यहि खर्च यहाँ हात्तीका लागि गरेको भए हुन्थ्यो । अभियानमा खर्च मात्र भयो सफल भएन ।’

उनका अनुसार मेरै घर पनि हात्तीले चार पटक भत्कायो । हात्तीलाई हिड्ने बाटो चाहिन्छ । हात्तीलाई चलायो भने विगार गर्न सक्छ । भएको त्यहि हो ।

मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले बाहुनडाँगीका जनतालाई पर्यटनसँग जोडेर हात्ती मैत्री बनाउन वडा र नगरपालिका लागिरहेको बताइन् ।

कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले मानव हात्ती सह अस्तित्वमा अभियान फलदायी बन्दै गएको बताए ।

उनले हालसम्म हात्तीको आक्रमणबाट ६८ जना मान्छेको मृत्यु भएको र त्यबीचमा १९ वटा हात्ती मरेको जानकारी दिए ।
गत फागुन ९ गते बाहुनडाँगीदेखि उदयपुरसम्म हात्ती सहअस्तित्वका लागि मुख्यमन्त्री पदमार्ग जागरण अभियान सञ्चालन गरिएको उनले बताए ।

उनका अनुसार हात्तीलाई पर्यटनसँग जोडेर हात्ती मैत्री बनाउन होमस्टे, बाली बीमा लगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

भारत नक्सलवाडी पञ्चायतकी उपसभापति सजनी सुब्बाले नेपाल र भारतको सीमामा हात्तीको समस्या कहिलै समाप्त हुने दावी गरिन् । उनले त्यसका लागि समस्याको समाधान मिलेर गर्नु पर्छ ।

भारत पश्चिम बंगाल अन्तरगत पर्यटन विभागका सल्लाहकार पृतम राज वशुले बाहुनडाँगीका जनताले हात्तीलाई अगाडि बढाएर पर्यटन मैत्री बनेको विश्वले थाहा पाइसकेको बताए ।

उनले बंगाल सरकार सिलीगुडीका आइजीपीले समेत हात्ती सम्बन्धि इन्डो–नेपाल फ्रेन्डसीव कार्यक्रम गर्न इच्छुक रहेको जानकारी दिए । उनका अनुसार हात्ती र मानवबीचको द्वन्द कम गर्न काठमाडौं र दिल्लीले चासो दिनु पर्छ । कार्यक्रममा पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बाहुनडाँगीमा हात्ती र मानवबीचको सहअस्तित्वका कारण समाज संमृद्वि बन्न थालेको बताए । उनले हात्तीमैत्री बनाउन पर्यटनसँग जोडेर समुदायमा रुपान्तरण गर्नुपर्ने बताए ।

सोही अवसरमा उज्जयालो नेपाल बर्दियाका प्रमुख रमेश थापाले बाहुनडाँगीका किसानको हात्तीबाट घर भत्काए बीमाको व्यवस्था गरिदिएका छन् ।

कार्यक्रममा हात्तीबाट घर भत्कीएका स्थानीय झुमामाया राईलाई घरबीमा बापत २२ हजार ६० रुपैयाँ उपलब्ध गराइएको छ ।

कार्यक्रममा म्युजिकल चियर प्रतियोगिता, चित्रकला प्रदर्शनी, छेलो हान्ने प्रतियोगिता, अन्तर सीमा लठारो तान्ने प्रतियोगिता, नेपाल र भारतका आमा समुहबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, लोकल कुखुरा प्रदर्शनी (प्रोत्साहन कार्यक्रम) लगायतका प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगिता विजेतालाई कुखुराको भाले र अन्य पुरस्कारहरु प्रदान गरिएको थियो ।

रेपिड रेस्पोन्स टिमका अध्यक्ष न्युटन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वडाध्यक्ष अर्जुनकुमार कार्कीले र सञ्चालन बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले गरेका थिए ।

भिडियो हेर्नुहोला ।

 

पछिल्लो समाचार

भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राउ

अघिल्लो समाचार

दमकबाट पेस्तोलसहित एक युवा पक्राउ

Related Posts

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार
निर्णय सच्याउन एमाले मेचीनगरकाे माग
banner

निर्णय सच्याउन एमाले मेचीनगरकाे माग

कार्तिक ८, २०८२, ६:३५ .शनिबार
आज भाइटीका :  साइत ११:३९ मा
banner

आज भाइटीका :  साइत ११:३९ मा

कार्तिक ६, २०८२, २:५० .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.