विराटनगर, २५ भदौ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की निषेधित क्षेत्रमा अनसन बसेका कारण प्रहरीले पक्राउ गरेको छ ।
पूर्वमुख्यमन्त्री केदार कार्की प्रदेश सभा अगाडि अनशन बसेकै स्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
सुरक्षाकर्मी र कार्की समर्थकबीच दोहोरो झडप भएको छ । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् ।
Discussion about this post