झापा, २६ भदौ । कम्पनी रजिस्ट्रारको कार्यालयले अदालतको कारण देखाउँदै तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ ।
कम्पनी रजिस्ट्रार कार्यालयको अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर तत्काललाई सेवा बन्द गरेको हो ।
कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रियामा लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको थियो । तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो ।
अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन । अदालतले सोमबार असार १९ गते, साउन १७ गते, भदौ ९ गते र भदौ १६ गते कार्यालयले गरेका निर्णय अनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो ।
अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न÷नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै कामहरु ठप्प भएको कार्यालयले जनाएको छ ।
Discussion about this post