६ पुष २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सामुदायिक वनको ताला चावी बुझाउने महासंघको चेतावनी

अशोज १८, २०८१, ३:३४ .शुक्रबार
0
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ असोज । डिभिजन वन कार्यालयले सामुदायिक वनमा हस्तक्षेप गरी व्यापार गर्न खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ झापाले आपत्ति जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ झापाले आज पत्रकार सम्मेलन गरेर सामुदायिक वनको काम कारवाहीमा अवरोध भएको भन्दै आपत्ति जनाएको हो ।

महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको हस्ताक्षर रहेको पाँच बुँदे ज्ञापन पत्रमा असहमति जनाउँदै तत्काल वार्ता र संवादबाट सामुदायिक वन व्यवस्थापनको पद्वति अपनाउन अनुरोध गरिएको छ ।

ज्ञापन पत्रमा वनहरुले क, ख वर्ग र आपूर्तिको नाममा छुट्याउँदै आएको, आपूर्ति गरिएका लकडीहरु सरकारलाई राजश्व बुझाएको, सामुदायिक वन र डिभिजन वन कार्यालयको दोहोरो टाँचा लगाई बिक्री वितरण गर्दै आएको उल्लेख छ ।

अहिले डिभिजन वन कार्यालयले लकडीहरु उपभोक्तालाई महंगो र आपूर्तिलाई सस्तो बेच्न दवाव दिइएको छ । वन कार्यालयले नियमावली २०७९ को नियम २१ को जगमा टेकेर पायक पर्ने ठाउँमा लकडी घाट गद्दी बनाइ, आपूर्तिको लकडी कार्यालयले तानी २ हजारमा बिक्री गर्दै आएकोमा लकडी एक हजार २५० र संकलन खर्च १३३ रुपैयाँ गरी एक हजार ३८३ रुपैयाँमा लाने भनी वैठक र छलफल गरेर दवाव दिने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

२०५२ सालमा स्थापना हुँदा ३७ दशमलव ५० प्रतिशत रहेको सामुदायिक वनको क्षेत्रफल ४५ दशमलव ३१ प्रतिशत छ । संयुक्त राष्ट्र संघको आइ.एल.ओ. महासम्धी १६९ अनुसार २०६५ बमोजिम सञ्चालनमा छ । नेपालको संविधान २०७२ मा जारी भएपछि वन ऐन २०७६ निर्माण भइ २०७९ सालदेखि लागू भएको छ ।

महासंघको २०८० कात्तिक २० गतेको वृहत जिल्ला भेलाले वन नियमावली २०७९ को नियम २२ को नियम ५ को उपनियम ४ बमोजिम उपभोक्ता समूहले जिल्ला वन पैदावर आपूर्ति समितिलाई उपलब्ध गराएको काठ–दाउरा एक वर्षभित्रमा उठाई नलगेमा उपभोक्ता समूहले त्यस्तो काठ–दाउरा लिलाम बिक्री गर्न सक्ने भएकोले प्रत्येक सामुदायिक वनले आ–आफ्नै घाट गद्दीमा व्यवस्थित गरी राख्ने र सो को गोलियामा नम्बर र काठको परिणाम डिभिजन वन कार्यालय झापामा उपलबध गराइने निर्णय भएको ज्ञापन पत्रमा उल्लेख छ ।

झापामा हात्ती आंतकका कारण धेरैको ज्यान गएको छ, अन्नबालीमा ठुलो क्षति पुगेको छ । काँकरभिट्टादेखि वडा नम्बर १ को पाटापुरसम्म १८ किलोमिटर फेन्सिङ तारको मर्मत सम्भार छैन । मेचीनगर, जलथल लगायतका ठाउँमा लगाइएको फेन्सिङ तारको स्थानीय सरकारले जिम्मा लिन सम्बन्धित निकाय र सरोकारवालालाई ध्यानाकर्षण गराइएको छ ।

महासंघ झापाका अध्यक्ष भण्डारीले यो समस्यालाई वेवास्ता गरे सामुदायिक वनको ताला चावी डिभिजन वन कार्यालयलाई बुझाएर, संरक्षण गरेर देखाउन चेतावनी दिएका छन् ।

उक्त ज्ञापन पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय, वन तथा भू–संरक्षण मन्त्रालय र सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय सचिवालयलाई पठाइएको छ ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

शब्दपत्र अनलाइन चौँथो बर्षमा

अघिल्लो समाचार

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको अध्यक्षमा धिमाल

Related Posts

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
banner

कार्यकर्ताले ओलीलाई अध्यक्षमा तेस्राे पटक पनि जिताए

पुस ३, २०८२, ८:१६ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम
banner -1

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पुस २, २०८२, १:५७ .बुधबार
प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता
banner -2

प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता

मंसिर २९, २०८२, १२:५६ .सोमवार
झापा गोल्डकप माघ २४ गतेदेखि
banner -1

झापा गोल्डकप माघ २४ गतेदेखि

मंसिर २९, २०८२, १२:४१ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.