झापा, १७ असोज । बिर्तामोडबाट सञ्चालित शब्दपत्र डटकम अनलाइन चौथो बर्ष प्रवेश गरेको छ ।
चौथो बर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगीलाई सम्मान र सञ्चालकलाई प्रमाणपत्र बितरण गरेको हो ।
शब्दपत्र प्रकाश प्रा.लि.का अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा बिर्तामोड–२ स्थित पर्शुराम पार्टी प्यालेसमा विजयादशमीको शुभकामना आदन–प्रदानसहित वार्षिकोत्सव मनाइएको छ ।
कार्यक्रममा सनलाइट ह्युमन रिर्सोर्स प्रालि बिर्तामोड शाखाका प्रमुख विनोद राई र मास ह्युमन रिर्सोर्स प्रालि बिर्तामोड शाखा प्रमुख विकास रेग्मीलाई सम्मान गरिएको थियो ।
त्यस्तै संस्थाका अध्यक्ष वालकृष्ण गिरी, सञ्चालक पार्वता गिरी, अर्जुन गिरी, तारा दुलाल, उमेश भारती लगायतलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
२०७८ साउन पहिलो साताबाट सञ्चालनमा आएको शब्दपत्रको औपचारिक उद्घाटन असोज २१ गते भएको थियो ।
कार्यक्रममा अनलाइनका सम्पादक तथा प्रवन्ध निर्देशक उद्धव पुरीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए ।सम्पादक पुरीले
सवैको साथ सहयोगकै कारण छोटो समयमा एउटा लोकप्रिय मिडियाको रुपमा झापामा स्थापित भएको बताए ।
कार्यक्रमको सञ्चालन प्रालिका सञ्चालक उमेश भारतीले गरेका थिए ।
Discussion about this post