२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विद्यार्थीले राजनीतिमा भन्दा शिक्षामा जोड दिनुपर्छ : लिङ्देन (भिडियोसहित)

अशोज १९, २०८१, १०:५१ .शनिबार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले विद्यार्थीहरुलाई राजनीतिमा कम र शिक्षामा बढी जोड दिन आग्रह गरेका छन् ।

आज काँकरभिट्टाको मेची सामुदायिक हलमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको ऐतिहासिक झापा जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले विगतमा विद्यार्थीलाई राजनीतिमा लगाइयो तर, अब राजनीतिमा भन्दा शैक्षिक क्षेत्रको उन्नति र प्रगतिमा जोड दिनुपर्ने बताए ।
‘अहिले पनि अन्य राजनीतिक दलहरुले विद्यार्थीहरुलाई राजनीतिमा बढी र शिक्षामा कम लगाएका छन्’, लिङ्देनले भने–‘तर अहिले विद्यार्थीलाई राजनीतिमा भन्दा बढी शिक्षा क्षेत्रको विकासमा लगाउनु पर्छ ।’

देश विगार्ने ठुला पार्टीहरु

उनले ०४६ देखि २०८१ सालसम्मको ३५ वर्ष एमाले, कांग्रेस र माओवादीले देश विगारेको आरोप लगाए । देश संकटमा, चुनाव नभएको अवस्था र कर्मचारीले देश चलाइरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाहाले बाध्यताले १८ महिना सत्ता हातमा लिएको उनको भनाई छ ।

पूर्व राजालाई अभिभावक बनाएर राख्नु पर्छ

‘पूर्व राजा शाहाले १८ महिनापछि जनताको नासो जनतालाई सुम्पेका थिए’, लिङ्देनले भने–‘राजालाई अभिभावकको रुपमा राख्नुपर्छ ।’

प्रदेश खारेज गर्नु पर्छ

अध्यक्ष लिङ्देनले संघीयता खारेज नगरे ७ वटा प्रदेशको खर्च जनताले धान्न नसक्ने बताए । उनका अनुसार प्रदेशहरु खारेज गर्नुपर्छ । ७ वर्षअघि प्रदेश सञ्चालन गर्दा ६ अर्वको ऋण बढेर अहिले २५ खर्व पुगेको छ । एउटा जनताको टाउकोमा अहिले करिव ८२ हजार ऋण रहेको छ । त्यसैले प्रदेशलाई पार्टीको नेता तथा कार्यकर्ता भर्ति केन्द्र नबनाउन उनको जोड छ ।

लिङ्देनले संघीयता चाहिँदैन भने पनि आफ्नै पार्टीका नेताहरु कोशी प्रदेशका सभामुख र सांसदहरु छन् । कार्यक्रममा कोशी प्रदेशका सभामुख अमबरबहादुर विष्ट पनि सहभागी भएका थिए ।

ढिलो हुनसक्छ तर जनताले हामीलाई खोजिरहेका छन्

कार्यक्रममा पार्टीका कोशी प्रदेश अध्यक्ष एवम् दमक नगरपालिकाका मेयर राम थापाले विद्यार्थी भनेका देशका सम्वाहक, शक्ति र योद्वा भएको बताए ।

उनका अनुसार बंगलादेशमा १५ वर्ष सम्म शासन गर्ने शक्तिलाई ३ जना विद्यार्थीको दुईहप्ते आन्दोलनले देश छाड्न बाध्य बनाएको छ । ढिलो हुनसक्छ तर जनताले हामीलाई खोजिरहेको उनको दावी छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कमल वन, पार्टीका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाका अध्यक्ष राजकुमार राई, विद्यार्थीहरु सोफिया खड्का, पंकज साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको नयाँ कार्यसमितिको नामहरु पार्टीका झापा अध्यक्ष केशव ओझाले सार्वजनिक गरेका थिए । नवनिर्वाचित अध्यक्ष सुनिल धिमालले प्रतिबद्वता मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मेचे समुदायको नित्य र झापाका सांस्कृतिक विभाग प्रमुख अच्युत दाहालले गीत प्रस्तुत गरेका थिए भने विद्यार्थी संगठनको हालै गाउँपालिका र नगरपालिकामा नवनिर्वाचित अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

सोही अवसरमा केहि समाजसेवी महिलाहरु राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष लिङ्देनले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संयोजक चक्र फुयलले सांगठानिक प्रतिवेदन प्रस्तुतसहित अध्यक्षता गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष सुनिल धिमालले र सञ्चालन सचिव मुन्ना आलमले गरेका थिए ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको अध्यक्षमा धिमाल

अघिल्लो समाचार

वेपत्ता भएको पाँच महिनामा खाल्डोमा गाडेको अवस्थामा लाश भेटियो

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.