झापा, २१ असोज । कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी–गौरदाह सडक खण्डको मंगलबारे बजारमा भलिबल खेलाडीले बल सर्भिस गर्न लागेको आकारको सालिक बन्ने भएको छ ।
मंगलबारेको सगुन युवा क्लबको अगुवाइमा स्थानीय युवाहरुबाट संकलित रकमबाट देशकै राष्ट्रिय खेल भलिबल खेल्दै गरेको सालिक निर्माण हुने भएको हो ।
आज एक कार्यक्रमकाबिच कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंंह राईले सो आयोजनाको विधिवत रुपमा शिलान्यास गरेका हुन् । उनी क्लबका संस्थापक अध्यक्ष समेत हुन् ।
२०५६ बैशाख १९ गते झापा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सगुन युवा क्लबले विगत २८ बर्षदेखि स्थानीय स्तरीय, पालिका स्तरीय, जिल्ला स्तरीय र अन्तराष्ट्रिय स्तरका भलिबल प्रतियोगिताहरु गराइसकेको छ ।
क्लबले देशमै छुट्टै पहिचान बनाएको छ । नेपालमा जुन बेला आधुनिक भलिबल खेल देशमा नै धरासायी भएको अवस्था थियो ।
त्यसबेला कमलमा क्लबले भलिबलको संरक्षणमा खेलेको भुमिकालाई सम्मान र सम्झनामा खेलाडीको सालिक निर्माण गर्न लागिएको पूर्वराष्ट्रिय भलिबल खेलाडी एवम् क्लबका सचिव रोशन दाहालको भनाई छ ।
क्लबले कमलमा नेपालको राष्ट्रिय खेल भलिबल खेलाडी (अमुख ब्यक्ति) को सालिक आउँदै गरेको चाड दशैँ कै बेला निर्माण सक्ने लक्ष्य लिएको दाहालले जानकारी दिए ।
Discussion about this post