भद्रपुर, १० कात्तिक । सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका चालकको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका–५ स्थित देवीवस्ती बस्ने बर्ष ३६ का शम्भु सहनी हिजो दिउसो १ वजे आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।
पति करेन्ट लागेर घाइते भएको देखेर पत्नी पिंकी सहनीले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएका थिइन् ।
त्यहाँ उपचार सम्भव नभएपछि वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले थप उपचारका लागि ओम साई पाथिभारा अस्पताल पठाईएको थियो ।
उपचारकै क्रममा राति १० वजे सिटी चालक सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Discussion about this post