झापा, १४ कात्तिक । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।
फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
नेपालविरुद्ध बंगलादेशले खेलको ५१ औँ मिनेटमा बंगलादेशले गोल गरेको थियो । त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् ।
तर, खेलको ८१ औँ मिनेटमा गोल गर्दै बंगलादेशले दोस्रो पटक अग्रता लियो । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।
नेपालले भने छैटौँ पटक उपविजेतामा सिमित भएको छ ।
Discussion about this post