मेचीनगर, १५ कात्तिक । आज विहान कुकुर तिहारका दिन थिङ्गकर्स क्लब मेचीनगरले धुलाबारी, ईटाभट्टा र काँकरभिट्टाका सामुदायिक तथा घर पालुवा कुकुरहरुलाई रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता), रेविजको भ्याक्सिन लगाइदिएर र खाना खुवाएर सामूहिक पूजा गरिएको छ ।
क्लबका अध्यक्ष आयुष्मान निरौलाले धुलाबारीदेखि काँकरभिट्टा सम्मका कुकुरहरुलाई ५० वटा रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता) लगाईदिएको बताए ।
उनका अनुसार करिव १०० वटा कुकुरलाई रेविज र लुतोको भ्याक्सिन लगाइएको छ । १५० वटा सामुदायिक तथा घर पालुवा कुकुरहरुलाई खाना खुवाइएको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा २० वटा भन्दा बढी सामुदायिक तथा घर पालुवा कुकुरहरुलाई सामूहिक रुपमा कुकुर पूजा गरिएको क्लबको भनाई छ ।
धुलाबारी, ईटाभट्टा र काँकरभिट्टाका बजार र चोकमा पुगेर सामुदायिक तथा घर पालुवा कुकुरहरु खोजी खोजी चम्किलो फित्ता, रेविजको भ्याक्सिन लगाइदिएर र खाना खुवाइएको थियो ।
क्लबमा आवद्व पशु प्राविधिकहरुको टिम कुकुरको स्वास्थ्य शिविरमा खटिएका थिए ।
सो अभियानमा रोटरी क्लब अफ मेचीनगर, रोट्याक्ट क्लब अफ मेचीनगर, रोट्याक्ट क्लब अफ ईटाभट्टा, रोट्याक्ट क्लब अफ काँकरभिट्टा, उज्यालो यात्रा, प्रगतिशिल युवा क्लब धुलाबारी, लगायतका संघ–संस्थाहरुको सहभागिता रहेको थियो ।
भिडियो पनि हेर्नु होला ।
Discussion about this post