मेचीनगर, २० कात्तिक । कला, साहित्य र संगितको प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगरमा आज सातपाखे ब्याण्डको संयोजनमा सांगीतिक साँझ हुने भएको छ ।
मंगलबार ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा मेचीनगरका युवा संगितकर्मीहरुको समूहले पत्रकारसँगको भेटघाटमा बुधबार मेचीनगर–९ स्थित सातपाखे रिसोर्टमा सांगीतिक साँझ हुने जानकारी गराएको हो ।
सांगीतिक कार्यक्रममा वरिष्ठ संगितकार भरत लामा, शिवशंकर थापाले लामो सांगितिक यात्राका विषयमा गन्थन गर्नेछन् ।
त्यस्तै राष्ट्रिय कलाकारहरु कमल रसाइली, उत्तमजंग लिम्बु लगायतका स्थानीय कलाकारहरुले पनि सांगीतिक प्रस्तुति दिनेछन् ।
कला, साहित्य र संगितमा पुराना र नयाँ युवाहरुबीच एक अर्कालाई जोड्ने उद्देश्यले सांगीतिक साँझ कार्यक्रमको आयोजना गरिएको संयोजनकारी भूमिका निभाइरहेका सातपाखे ब्याण्डका राजेश पराजुलीले बताए ।
कार्यक्रममा देही आर्टका कलाकरहरुले बरिष्ठ कलाकार तथा साहित्यकारहरुको चित्रमार्फत झल्काउने प्रयास गरिने आयोजकको भनाई छ ।
सांगीतिक साँझको सहआयोजकमा देही आर्ट र मेचीनगर नगरपालिका रहेको छ । त्यस्तै ल्होत्से इङ्लिस स्कुल, छाहारी रेस्ट्रो र माँ पाथीभरा स्विट्स्ले सहयोग गर्ने छन् ।
पत्रकार भेटघाटमा सातपाखे ब्याण्डका राजेश पराजुली, देही आर्टका निर्देशक क्षितेन शेर्पा, जेनियम युवा क्लबका अध्यक्ष धनराज थापा मगर, गायक कमल रसाइली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मन्जिल देवानले गरेका थिए ।
Discussion about this post